एनअारएनए बेल्जियम अध्यक्ष दाहाललाई पाेर्चुगलमा सम्मान

73 Hits

मुलखबर सम्बादाता,

पाेर्चुगल, १६ असाेज । एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाललाई पोर्तुगलमा सम्मान गरिएको छ ।

अध्यक्ष दाहालले एनआरएनएलाई वास्तवमै प्रवासि नेपालीकाे पक्षमा काम गरेकाे तथा विभिन्न सामाजिक जागरण र समाजसेवी काम गरेकाे भन्दै सम्मान गरिएकाे एनअारएनए पाेर्चुगलले जनाएकाे छ ।

पोर्तुगलले आफ्नै कार्यालयमा बाेलाएर दाहाललाई सम्मानित गरेको हो । सो अवसरमा प्रवासी नेपाली मंच पोर्तुगल, जनप्रगतिशील मंच पोर्तुगल, नेपाली नारी समाज पोर्तुगल लगायतले पनि सम्मान व्यक्त गरेका थिए ।

सम्मान समारोहमा एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्कीले संक्षिप्त मन्तव्य राख्दै बिश्वभरका एनआरएनए राष्ट्रिय समितिहरुसंग सहकार्य, मित्रता र आपसी सम्मान राख्दै अगाडि बढ्नु पर्ने र सोही भावनाकासाथ एनआरएनए बेल्जियमका अध्यक्षलाई सम्मान गरिएको बताएका थिए ।

 

एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालले आफुलाइ यसरी सम्मानित गरिएकोमा खुशी व्यक्त गर्दै एनआरएनए पोर्तुगल लगायत सबै संस्थाहरुलाइ धन्यवाद ज्ञापन गरे र बेल्जियममा आफुहरुकोतर्फबाट पनि गैर आवासीय नेपालीहरुलाइ सधैं न्यानो स्वागत गरिने बताए ।

सम्मान कार्यक्रममा प्रवासी नेपाली मंचका गोविन्द पौडेल, जनप्रगतिशील मंचका श्याम ढकाल, डोलराज भन्डारी, नारी समाजकी मिनामाया खरेल, एनआरएनए पोर्तुगलका पदाधिकारी र सदस्यहरु तथा पत्रकार गणेश पान्डेय,भगवान गिरी लगायतको उपस्थिति थियो ।

कार्यक्रम एनआरएनए पोर्तुगल अध्यक्ष कुबेर कार्कीको अध्यक्षता, उपाध्यक्ष ईश्वर रिजालको स्वागत र महासचिव निराजन सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

Loading...

Related News

अागामी सेप्टेम्बर १६ मा एनअारएनए बेल्जियमकाे साधारणसभा हुँदै , यस्तो छ तयारी

बेल्जियम, २२ भदौ । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा अागामी सेप्टेम्बर १६ मा हुने निश्चित भएकाे छ…

एनआएनएको ११ औं युरोप बैठक सम्पन्न, आगामी बैठक बेल्जीयममा गर्न प्रस्ताव

लक्जेम्बर्ग, साउन गैर आवासिय नेपाली संघ युरोपको ११ औं बैठक भव्यताका साथ सम्पन्न भएको छ । युरोपको लक्जेम्वर्गमा जुलाई २८…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी