विमानस्थलबाट सुन सहित भारतीय नागरिक पक्राउ

31 Hits

काठमाडौं, १६ असोज। प्रहरीले अवैध सुन २ सय ७ ग्रामसहित एक भारतीय नागरिकलार्इ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा थार्इ एयरको टिजी ३१९ को उडानद्वारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक विडेश भुनिया छन् ।

उनीबाट बरामद सुनको बजार मूल्य करिब १० लाख २५ हजार रुपैयाँ बराबर छ ।त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन गेटमा प्रहरी चेकिङ एरियाबाट उनलार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलार्इ चेक गर्दा लुकाइछिपाइ राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थान बरामद भएको हो ।थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी