डा. रामसरण महतलाई ८५५२ अन्तरले पराजित गर्दै बाम गठबन्धनका हित बहादुर तामाङ विजयी

275 Hits

नुवाकोट प्रतिनिधिसभा १ मा माओ‌वादी केन्द्रका नेता हितबहादुर तामाङ विजयी भएका छन् । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गर्दै उनी  निर्वाचित भएका हुन् ।

पूर्व युवा तथा खेलकुदमन्त्री समेत रहेका तामाङ महतलाई ८ हजार ८ सय ५३ मतान्तरसहित विजयी भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत प्राप्त गरेका थिए भने महतले २७ हजार ९ सय २० पाएका छन् । यसअघि २०७० र ०६४ को संविधानसभा निर्वाचनमा महतसँगै हार ब्यहोरेका तामाङले तेस्रो पटकको भिडन्तमा विजयी भएका हुन् ।

सामान्य किसान परिवारमा २०२० सालमा साविकको नुवाकोट पञ्चकन्या गाविसका वडा नं १ (हाल पञ्चकन्या गाउँपालिका)३ घलेगाउँमा जन्मेका हुन् । उनी २०६८ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । नेकपा एकता केन्द्रबाट राजनीति सुरु गरेका तामाङ २०५२ सालपछि नेकपा एकता केन्द्र मसालमा रहे । मसालमा रहँदा जिल्ला उपाध्यक्ष र केन्द्रीय सदस्य थिए ।

२०५२ सालदेखि तत्कालीन नेकपा माओवादीमा आवद्ध भएर भूमिगत भएका हितबहादुर तामाङ २०५८ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए । पार्टीभित्र सरल र इमान्दार छविका रुपमा परिचत तामाङ हाल नेकपा मा‌ओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य छन् । पटक पटक अर्थमन्त्री भएका काग्रेसका हेभिवेट नेता डा रामशरण महतलाई नुवाकोटमा पराजित गर्नु चानचुने विषय थिएन ।

तर यसपटक महत नुवाकोटवाट नराम्रोसाग पराजित भएका छन् । २०५१ सालदेखिका हरेक निर्वाचनमा सधै जित्दै आएका महत २४ वर्षपछि पराजित भएका हुन् । २०४८ मा नुवाकोट १ वाट पराजित भएर २ नम्वर क्षेत्रमा सरेर सधै जित्दै आएका महतको हारवाट उदाएको राजनीति हारमै पगेर नुवाकोटमा रक्षात्मक अवस्थामा पुगेको छ ।

Related News

Comments are closed