अर्को हप्ता नेपालमा मनसुन अाउँदै : यस वर्ष १ हप्ता ढिलाे. अर्को हप्ता नेपालमा मनसुन अाउँदै: यस वर्ष १ हप्ता ढिलाे. काठमाडौँ,२७ जेठ ।. उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् ।. जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीनदिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृषि वातावरण विभागले किसान समक्ष कृषि मौसमका रूपमा पु¥याइरहेको छ । यसवर्षको मनसुनको जानकारी दिने तयारी विभागले गरिरहेको छ ।. नेपालमा मौसम भित्रिने दिनका हिसाबले जुन १० अर्थात् सोमबार हो । तर नेपालमा यसवर्ष एकहप्ता ढिला गरी मनसुन भित्रने मौसमविद्हरूको भनाइ छ । “मनसुन आउने क्रममा छ,” मौसमविद मन्जु बासीले भन्नुभयो, “मनसुनले भारतको केरला छोयो अब विस्तारै नेपाल भित्रनेछ ।” मनसुन अघि सक्रिय बनेको प्रिमनसुनले भने आकाश छाडेको छैन । प्रिमनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ । “अझ छ दिनजति लाग्छ नेपालमा मनसुन आउन,” अर्का मौसमविद समिर श्रेष्ठले थप्नुभयो, “सुरुमा झापा र मोरङ छुन्छ, त्यसपछि मध्यक्षेत्रमा मनसुन पस्छ ।”. उहाँका अनुसार नेपालमा आउने मनसुनको सुरुवात भने अफ्रिकी क्षेत्रमा हुन्छ । अफ्रिकास्थित हिन्द महासागरमा मनसुन सिर्जना भएपछि सोमालिया हुँदै पूर्विदिशाबाट मालदिभ्स र श्रीलङ्का पुग्छ । त्यहाँबाट बंगालको खाडी हुँदै भारतको केरलाको बाटो यसवर्ष मनसुन नेपाल आउन लागेको श्रेष्ठले बताउनुभयो ।. “यसबेला दक्षिणतिर बहिरहेको पश्चिमी वायु उत्तरतिर सर्छ,” श्रेष्ठले थप्नुभयो, “त्यस स्थानमा भारतको मध्यक्षेत्रमा उत्पन्न भएको न्यून चापीय वायुका साथै पाकिस्तान र बंगालको खाडीमा उत्पन्न उच्च चापीय वायु फैलिएर बस्छ ।” जलवाष्पयुक्त उच्चचापीय वायुको उच्च बहावसँगै मनसुन भित्रिनेगर्छ ।. यसवर्ष पूर्र्वी भेगमा कम पानी पर्ने र पश्चिममा औसत पानी पर्ने पूर्वानुमान यसवर्षको मनसुन फोरमले गरेको छ । सोही अनुसार प्रदेश १, २, ३, ४ र ५ मा वर्षा कम हुन सक्छ । त्यही अनुसार किसानलाई जानकारी दिने तयारी भइरहेको नार्क स्थित कृषि वातावरण विभागका कृषि मौसमविद रामेश्वर रिमालले जानकारी दिनुभयो । “यतिबेला धानको बिउ राख्ने बेला हो,” उहाँले थप्नुभयो, “मनसुनको आगमनको संकेतसँगै बिउ राख्न भनिएको छ । कुलो भएका स्थानका किसानले बिउ उमारिसकेका छन् ।”. मनसुन फोरमको पूर्वानुमान ध्यान दिई कम पानी परेमा र पानी नपरेको खण्डमा लगाउने छरुवा धानका बिउ सङ्कलन गर्न पनि किसानलाई तयारी अवस्थामा राखिएको छ । छरुवा धानले तातो खपेर सुक्खा क्षेत्रमा उत्पादन दिन सक्छ ।उहाँका अनुसार पहिले हुँदै नभएको दीर्घकालिन पूर्वानुमान अहिले हुन थालेपछि केही सहज भएको छ । तर त्यसले किसानलाई अझै पूर्ण रूपले सघाउन सकेको छैन । “धान रोप्ने बेला पानी नपरी अन्य बेला परे पनि त्यो पूर्वानुमान सही हुन्छ,” उहाँ प्रष्ट्याउनुहुन्छ, “तर किसानको खेतीका लागि मनसुन र कुन सिजनका बेला कहाँ, कति वर्षा हुन्छ भन्ने खालको पूर्वानुमान चाहिन्छ ।”. उहाँका अनुसार किसानको बुझाइ पनि मनसुनका बारेमा प्रष्ट छैन । मनसुन भन्नासाथ पानी परिरहने भन्ने बुझाइ छ । तर कुनै क्षेत्र वर्षा हुने र कुनैमा नहुन सक्छ भन्ने बुझाउन कठिन छ । मनसुन हावा बहने दिशासँग जोडिन्छ । अझ मनसुन कमजोर र बलियो हुने प्रणालीका बारेमा किसानलाई जानकारी छैन । यसको मेसो मिलाउन नै नार्कले वातावरण र मौसम विभागको स्थापना गरेको हो ।. त्यसैले कम्तीमा १५ दिनसम्मको मौसमी जानकारी दिन सकियो भने किसानका लागि थोरै सहज हुने रिमाल बताउनुहुन्छ । उहाँले भनेझै गोरखा पालुङटारका किसान अगुवा खोपबहादुर कँडेलले किसानले वर्षे धान रोपाइ गर्न चैते धान काटेर खेतका माटाका डल्ला फोड्न थालिसकेका छन् । बिउ, बिजन, मलखाद जुटाउन थालिसके । “आकाश हेर्दा यो वर्ष वर्षा राम्रै होला जस्तो देखिन्छ,” कँडेलले भन्नुभयो, “तर मौसम पूर्वानुमानले के भन्छ त्यो सुन्न बाँकी छ ।” त्यही अनुसार किसानले काम गर्ने उहाँ सुनाउनुहुन्छ । “खेत रोपेपछि खडेरी प¥यो भने काम हुन्न त्यसैले अघि नै खडेरीको जानकारी पाए उत्पादन राम्रो हुनसक्छ,” उहाँले भन्नुभयो ।. विभागले कृषि व्यवस्थापन सूचना प्रणाली परियोजना नै सञ्चालन गरी किसानलाई मौसमको जानकारी बाँडिरहेको परियोजनामा आवद्ध कृषि मौसमविद् समी अधिकारीले बताउनुभयो । “प्रत्येक हप्ता कृषि मौसम सल्लाह सेवा बुलेटिन बनाउँछौँ”, उहाँले भन्नुभयो, “एसएमएस, मोबाइल एप्स, वेवसाइट र रेडियोबाट पनि मौसमको बारेमा किसानलाई भनिरहेका छौँ ।” उहाँका अनुसार आउँदो शुक्रबार औपचारिक रूपमा किसानलाई मनसुनको जानकारी दिने तयारी छ । मौसम पूर्वानुमान महाशाखाको विवरण कुरेर बसेको उहाँले बताउनुभयो ।. परियोजनाले खेती बढी हुने २५ जिल्लाका लागि काम गरिरहेको छ । हालसम्म ३५ हजार बढी किसानलाई एसएमसबाट मौसमी जानकारी पठाइएको छ । एकहजार दुई सय किसान समूहले प्रत्यक्ष जोडिएर सेवा लिइरहेका छन् । कृषि सूचना प्रशिक्षण केन्द्रको २०७५ को एक प्रतिवेदन अनुसार नेपालमा ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मनसुनी खेती हुने गर्छ । खेती नगरिएको तर खेती लगाउन योग्य जमिन अझै एक लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको छ । मनसुनको सही जानकारीको सही प्रयोग गर्ने हो भने कृषिले देशकै कुल गार्हस्थ उत्पादनमा थप योगदान दिनसक्ने विज्ञहरू बताउँछन् ।. वि.सं. २०६८ को जनगणना अनुसार कृषि पेशामा देशको कुल जनसंख्याको ६५.६ प्रतिशत मानिस सहभागी छन् । मनसुनको सिजनमा नेपालमा लगाइने खाद्यान्न बालीमा धान, मकै, कोदो विशेष हुन् । यी बाहेक मौसमी तरकारी, फलफूल, दलहन, तथा हिमालमा जौ, फापर लगायतका बाली लगाइन्छ । विश्व बैङ्कले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसमा कृषि क्षेत्रको योगदान पाँच प्रतिशत रहने छ । कृषि क्षेत्रमा यो उत्साहजनक वृद्धि हुने भएकोले उच्च वृद्धिको प्रक्षेपण गरिएको हो । त्यसका लागि अनुकूल मौसम, सिँचाइ, बिउ, मलखाद आदिका क्षेत्रमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग गर्ने जनाइएको खबर गाेरखापत्रमा चाँदनी हमालले लेखेकी ।.
उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् ।
जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीनदिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृषि वातावरण विभागले किसान समक्ष कृषि मौसमका रूपमा पु¥याइरहेको छ । यसवर्षको मनसुनको जानकारी दिने तयारी विभागले गरिरहेको छ ।
नेपालमा मौसम भित्रिने दिनका हिसाबले जुन १० अर्थात् सोमबार हो । तर नेपालमा यसवर्ष एकहप्ता ढिला गरी मनसुन भित्रने मौसमविद्हरूको भनाइ छ । “मनसुन आउने क्रममा छ,” मौसमविद मन्जु बासीले भन्नुभयो, “मनसुनले भारतको केरला छोयो अब विस्तारै नेपाल भित्रनेछ ।” मनसुन अघि सक्रिय बनेको प्रिमनसुनले भने आकाश छाडेको छैन । प्रिमनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ । “अझ छ दिनजति लाग्छ नेपालमा मनसुन आउन,” अर्का मौसमविद समिर श्रेष्ठले थप्नुभयो, “सुरुमा झापा र मोरङ छुन्छ, त्यसपछि मध्यक्षेत्रमा मनसुन पस्छ ।”
उहाँका अनुसार नेपालमा आउने मनसुनको सुरुवात भने अफ्रिकी क्षेत्रमा हुन्छ । अफ्रिकास्थित हिन्द महासागरमा मनसुन सिर्जना भएपछि सोमालिया हुँदै पूर्विदिशाबाट मालदिभ्स र श्रीलङ्का पुग्छ । त्यहाँबाट बंगालको खाडी हुँदै भारतको केरलाको बाटो यसवर्ष मनसुन नेपाल आउन लागेको श्रेष्ठले बताउनुभयो ।
“यसबेला दक्षिणतिर बहिरहेको पश्चिमी वायु उत्तरतिर सर्छ,” श्रेष्ठले थप्नुभयो, “त्यस स्थानमा भारतको मध्यक्षेत्रमा उत्पन्न भएको न्यून चापीय वायुका साथै पाकिस्तान र बंगालको खाडीमा उत्पन्न उच्च चापीय वायु फैलिएर बस्छ ।” जलवाष्पयुक्त उच्चचापीय वायुको उच्च बहावसँगै मनसुन भित्रिनेगर्छ ।
यसवर्ष पूर्र्वी भेगमा कम पानी पर्ने र पश्चिममा औसत पानी पर्ने पूर्वानुमान यसवर्षको मनसुन फोरमले गरेको छ । सोही अनुसार प्रदेश १, २, ३, ४ र ५ मा वर्षा कम हुन सक्छ । त्यही अनुसार किसानलाई जानकारी दिने तयारी भइरहेको नार्क स्थित कृषि वातावरण विभागका कृषि मौसमविद रामेश्वर रिमालले जानकारी दिनुभयो । “यतिबेला धानको बिउ राख्ने बेला हो,” उहाँले थप्नुभयो, “मनसुनको आगमनको संकेतसँगै बिउ राख्न भनिएको छ । कुलो भएका स्थानका किसानले बिउ उमारिसकेका छन् ।”
मनसुन फोरमको पूर्वानुमान ध्यान दिई कम पानी परेमा र पानी नपरेको खण्डमा लगाउने छरुवा धानका बिउ सङ्कलन गर्न पनि किसानलाई तयारी अवस्थामा राखिएको छ । छरुवा धानले तातो खपेर सुक्खा क्षेत्रमा उत्पादन दिन सक्छ । उहाँका अनुसार पहिले हुँदै नभएको दीर्घकालिन पूर्वानुमान अहिले हुन थालेपछि केही सहज भएको छ । तर त्यसले किसानलाई अझै पूर्ण रूपले सघाउन सकेको छैन । “धान रोप्ने बेला पानी नपरी अन्य बेला परे पनि त्यो पूर्वानुमान सही हुन्छ,” उहाँ प्रष्ट्याउनुहुन्छ, “तर किसानको खेतीका लागि मनसुन र कुन सिजनका बेला कहाँ, कति वर्षा हुन्छ भन्ने खालको पूर्वानुमान चाहिन्छ ।”
उहाँका अनुसार किसानको बुझाइ पनि मनसुनका बारेमा प्रष्ट छैन । मनसुन भन्नासाथ पानी परिरहने भन्ने बुझाइ छ । तर कुनै क्षेत्र वर्षा हुने र कुनैमा नहुन सक्छ भन्ने बुझाउन कठिन छ । मनसुन हावा बहने दिशासँग जोडिन्छ । अझ मनसुन कमजोर र बलियो हुने प्रणालीका बारेमा किसानलाई जानकारी छैन । यसको मेसो मिलाउन नै नार्कले वातावरण र मौसम विभागको स्थापना गरेको हो ।
त्यसैले कम्तीमा १५ दिनसम्मको मौसमी जानकारी दिन सकियो भने किसानका लागि थोरै सहज हुने रिमाल बताउनुहुन्छ । उहाँले भनेझै गोरखा पालुङटारका किसान अगुवा खोपबहादुर कँडेलले किसानले वर्षे धान रोपाइ गर्न चैते धान काटेर खेतका माटाका डल्ला फोड्न थालिसकेका छन् । बिउ, बिजन, मलखाद जुटाउन थालिसके । “आकाश हेर्दा यो वर्ष वर्षा राम्रै होला जस्तो देखिन्छ,” कँडेलले भन्नुभयो, “तर मौसम पूर्वानुमानले के भन्छ त्यो सुन्न बाँकी छ ।” त्यही अनुसार किसानले काम गर्ने उहाँ सुनाउनुहुन्छ । “खेत रोपेपछि खडेरी प¥यो भने काम हुन्न त्यसैले अघि नै खडेरीको जानकारी पाए उत्पादन राम्रो हुनसक्छ ,” उहाँले भन्नुभयो ।
विभागले कृषि व्यवस्थापन सूचना प्रणाली परियोजना नै सञ्चालन गरी किसानलाई मौसमको जानकारी बाँडिरहेको परियोजनामा आवद्ध कृषि मौसमविद् समी अधिकारीले बताउनुभयो । “प्रत्येक हप्ता कृषि मौसम सल्लाह सेवा बुलेटिन बनाउँछौँ”, उहाँले भन्नुभयो, “एसएमएस, मोबाइल एप्स, वेवसाइट र रेडियोबाट पनि मौसमको बारेमा किसानलाई भनिरहेका छौँ ।” उहाँका अनुसार आउँदो शुक्रबार औपचारिक रूपमा किसानलाई मनसुनको जानकारी दिने तयारी छ । मौसम पूर्वानुमान महाशाखाको विवरण कुरेर बसेको उहाँले बताउनुभयो ।
परियोजनाले खेती बढी हुने २५ जिल्लाका लागि काम गरिरहेको छ । हालसम्म ३५ हजार बढी किसानलाई एसएमसबाट मौसमी जानकारी पठाइएको छ । एकहजार दुई सय किसान समूहले प्रत्यक्ष जोडिएर सेवा लिइरहेका छन् । कृषि सूचना प्रशिक्षण केन्द्रको २०७५ को एक प्रतिवेदन अनुसार नेपालमा ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मनसुनी खेती हुने गर्छ । खेती नगरिएको तर खेती लगाउन योग्य जमिन अझै एक लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको छ । मनसुनको सही जानकारीको सही प्रयोग गर्ने हो भने कृषिले देशकै कुल गार्हस्थ उत्पादनमा थप योगदान दिनसक्ने विज्ञहरू बताउँछन् ।
वि.सं. २०६८ को जनगणना अनुसार कृषि पेशामा देशको कुल जनसंख्याको ६५.६ प्रतिशत मानिस सहभागी छन् । मनसुनको सिजनमा नेपालमा लगाइने खाद्यान्न बालीमा धान, मकै, कोदो विशेष हुन् । यी बाहेक मौसमी तरकारी, फलफूल, दलहन, तथा हिमालमा जौ, फापर लगायतका बाली लगाइन्छ । विश्व बैङ्कले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसमा कृषि क्षेत्रको योगदान पाँच प्रतिशत रहने छ । कृषि क्षेत्रमा यो उत्साहजनक वृद्धि हुने भएकोले उच्च वृद्धिको प्रक्षेपण गरिएको हो । त्यसका लागि अनुकूल मौसम, सिँचाइ, बिउ, मलखाद आदिका क्षेत्रमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग गर्ने जनाइएको खबर गाेरखापत्रमा चाँदनी हमालले लेखेकी ।