सुरक्षा खाेज्न नेकपामा अाएकाे हाेइन, प्रचण्डसँग देश बनाउने भिजन देखेँ – पदम राई
काठमाडौं , २० जेठ –
किन पार्टी परिवर्तन गर्नुभयो ?
म जे सोचेर र जे बुझेर कम्युनिस्ट पार्टीमा लागेँ त्योअनुसार पार्टी चलेन । कम्युनिस्ट पार्टीमा लागेर अघि बढ्ने सन्दर्भमा अध्ययन र अनुसन्धान गर्दै जाँदा र अहिलेसम्मको नेपाली कम्युनिस्ट आन्दोलनलाई हेर्दा ठूलठूला सङ्घर्षहरू भए । तर जनता र राष्ट्रलाई फाइदाभन्दा बढी बेफाइदा भएको पाएँ । त्यसकारण लड्ने र लडाउनेभन्दा आफ्ना एजेन्डा र राजनीतिक मुद्दाहरूलाई टेबलबाटै अगाडि बढाउँदा जनता र राष्ट्रलाई फाइदा होला भन्ने उद्देश्यले मैले वार्ताको पहल गरेको थिएँ ।
सरकार र आफ्नो पार्टीमा मैले यो कुरालाई जोड दिँदै आएँ । निषेध र प्रतिरोधको स्थितिले देशलाई फाइदा होइन घाटा लाग्छ भन्ने मेरो बुझाइ थियो तर मैले यो कुरा गर्दा एक्कासि निलम्बनको कुरा गरियो । राष्ट्र र जनतालाई हितमा राखेर बनाइएको पार्टीको एक नेताले वार्ताकै कुरा गर्दा निलम्बनमा पर्नु राम्रो होइन । अर्को कुरा नेपालमा लडाइँ र युद्धहरू धेरै पटक भए । तर जनता र राष्ट्रले केही पाएनन् । मेरो कुनै पार्टीलाई ठूलो बनाउने उद्देश्य अहिले पनि होइन देश र जनतालाई फाइदा हुनुपर्यो । देश र जनता स्वतन्त्र, स्वाभिमान र समृृद्ध हुनुपर्यो । तर यो विप्लव समूहबाट त्यो सम्भव हुँदैन भन्ने मेरो बुझाइ रहेपछि मैले यस्तो निर्णय गर्न पुगेँ । दोस्रो कुरा मैले पछिल्लो पटक नेकपाका अध्यक्ष प्रचण्डलगायतका नेतालाई भेटेर केही कुरा गरे । त्यो भेटमा उहाँहरूसँग देश बनाउने निकै ठूलो आकाङ्क्षा र सपना रहेको पाए । त्यसपछि यस्तो सपना साकार पार्न मेरो पनि साथ चाहिन्छ भन्ने मलाई लाग्यो र म यो निर्णयमा पुगँे ।
सरकार–विप्लव समूहबीच वार्ताको पहल चाहिँ कहिलेबाट गर्नुभएको थियो ?
नीतिगत र सैद्धान्तिक हिसाबले भन्ने हो भने म लडाइँ र युद्ध गरेर सत्ता आउँछ भन्ने पक्षमा म छैन । किनभने मुख्य उद्देश्य भनेको जनताको सत्ता हो । त्यसलाई नेकपाले वैज्ञानिक समाजवादको नाम दिएको थियो । तर साध्यमा पुग्नु मुख्य कुरा हो । साधनलाई प्रयोग गर्दै साध्यमा पुग्ने कुरामा अलि कुरा मिलेन भन्ने भयो ।
तपाईंको भनाइमा विप्लव समूहले वार्ता गर्न नचाहेको भन्ने बुझियो, विप्लव समूहले किन वार्ता नचाहेको रहेछ ?
यसबारे मलाई पनि जिज्ञासा पैदा भइरहेको छ । वार्ता नचाहानुको कारण के हो ? त्यो मलाई थाहा भएन । तर पार्टीको नीति विपरीत भयो भन्ने कुरा भनियो । हाम्रो पहिलाको पार्टीको आठौँ महाधिवेशनले वार्ताको कुरै नगर्ने र पार्टी भूमिगत हुने भन्ने कुरा कहीँ पनि लेखेको छैन । यति हुँदाहुँदै किन यसो गर्नुभयो भनेर म पनि अचम्मित छु । मलाई लाग्छ, मैले वार्ताको कुरा पार्टीको नीति र दस्तावेजअनुसार नै बोलेको छु ।
तपाईं निलम्बित नभएको भए पार्टी छोड्नुहुँदैन थियो ?
त्यो होइन । निलम्बनका कारणले रिस फेरेर मैले पार्टी परिवर्तन गरेको होइन । म पनि एउटा राजनीतिक व्यक्ति हुँ । जब निलम्बन भयो र मैले नेकपाका प्रचण्ड, बादललगायतका नेतालाई भेटेर उहाँहरूसँग के छन् त योजना भनेर सोधेँ । मेरो प्रश्नमा उहाँहरूले एउटा देश बनाउने योजना सुनाउनुभयो । त्यस्तो योजना भएपछि मैले किन साथ नदिने ? भन्ने लागेर साथ दिन आएको हुँ ।
तपाईं विप्लव समूहमा हुनुहुन्थ्यो । विप्लवको पार्टीको नीतिविपरीत काम गर्दा कारबाही गर्नु उचित हो या होइन अथवा तपाईंलाई विप्लवले कारबाही गर्नु ठीक थियो या गलत ?
पार्टीको नीतिविपरीत भए कारबाही गर्नुपर्छ । पार्टीको अनुशासनमा बस्नुपर्छ, म त्यो मान्यतामा छु । तर मैले अघि पनि भनेँ, वार्ता नगर्ने भनेर पार्टीको दस्तावेजले भनेको छैन । यसले त उहाँहरू पो पार्टीको नीतिविपरीत जानुभएको छ । त्यहाँ पार्टी भूमिगत हुने वार्ता नगर्ने कही भनिएको छैन । वार्ता साधन मात्रै हो साध्य होइन भन्दै गर्दा वार्ताको टेबलमा बसेर पनि आफ्ना कुरा भन्न सकिन्थ्यो नि ! अर्को कुरा अहिले आम मानिस वार्ताकै पक्षमा छन् । आम मानिस, मध्यम वर्ग, बुद्धिजीवी, वाम राष्ट्रवादी र परिवर्तनकामी शक्तिहरूमा वार्ताप्रति जुन जिज्ञासा थियो त्यसलाई पनि हामीले सम्बोधन गर्नुपर्छ भन्ने हिसाबले मैले वार्ताको कुरा गर्दै आएको थिए । तर मिडियाहरूबाट एक्कासि मलाई निलम्बन गरेको सुने । मलाई एक पटक स्पष्टीकरण लिने काम समेत गरिएन ।
तपाईंलाई पार्टीमा रहँदा आर्थिक चलखेल गरेको आरोप लागेको छ नि ?
मन नपरेपछि भन्ने कुरा हो त्यो । त्यसमा बहस गर्न चाहान्नँ । दुनियाँलाई थाहा छ पदम राईले कति आर्थिक चलखेल गरेको छ भन्ने । मन नपरेपछि विभिन्न आरोप लगाउने र आत्मरति लिने र मुतको न्यानो लिने कुरा आफ्नो ठाउँमा हुन्छ । पदम राई भ्रष्टाचार गर्ने, तस्करी वा आर्थिक अनियमितता गर्ने मान्छे होइन । म २०६३ सालबाट काठमाडौँ प्रवेश गरेको हो । अहिलेसम्म कति मानिससँग चन्दा उठाएँ त्यो अरूलाई सोध्दा पनि थाहा हुन्छ ।
स्टालिन प्रवृत्ति नै त म भन्न सक्दिनँ । कतिपय कुरा र काम उद्देश्यअनुरूप भएका छैनन् । यो कुरा म हिजो पनि भन्दै आएको थिएँ र अहिले पनि दाबीका साथ भन्छु, यसमा उहाँहरू सच्चिनुपर्छ । उद्देश्य महान राख्ने तर गतिविधि निच गर्ने गनुहँुदैन भन्ने मेरो भनाइ हो ।
तपाईंलाई आत्मसमपर्ण गर्यो पनि भन्छन् नि ?
कुनै पनि पार्टी वा सङ्घ संस्थामा काम गर्दा आफू नै खुशी हुइन्न भने त्यसले फाइदा गर्दैन । मैले बुझेको पार्टीको कार्यदिशाअनुसार विप्लव कमरेडहरू नै चल्नुभएको छैन । बन्दुक बोक्ने, भूमिगत हुने, वार्ताको कुरै नगर्ने अनि खरानी हुने अनि मैलाई आत्मसमपर्ण गरेको भन्ने जस्ता कुराले मलाई नै अचम्ममा पारेको छ । हामीले त देशभक्त, राष्ट्रवादी, मध्यम वर्ग र वामपन्थीहरूको साथ सहयोग लिने भनेको हो । जनताको साथ लिएर एकीकृत क्रान्ति गर्ने र वैज्ञानिक समाजवाद ल्याउने भनेको हो । तर त्यतातर्फ नगएर उहाँहरू भूमिगत हुनुभयो । राज्यले प्रतिबन्ध लगाएपछि भूमिगत नभए के गर्ने त ? भन्ने उहाँहरूको भनाइ होला । तर सरकारले गर्ने कामको हामीले ठेक्का लिएपछि त त्यस्तो स्वभाविक हुन्छ । हिजो स्टालिनले आफ्नै सहयोद्धालाई लाइन लगाएर गोली हानेको र आम नरसंहार गरेको स्थिति पनि विर्सन मिल्दैन । त्यो सत्ताको कुरा हो । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीले वैज्ञानिक समाजवाद लिएपछि त्यहाँ पनि मानिसहरू भोलि असन्तुष्ट होलान्, विद्रोह होला । त्यतिबेला उहाँहरू टुडिँखेलमा आएर मादल बजाएर पक्कै नाच्नु हुन्न होला । निर्मला पन्तको हत्यारालाई एक हप्ताभित्र समाएर केपी र प्रचण्डका बीचमा पछार्छौं भन्नुभएको थियो, अहिलेसम्म खै त ?
तपाईंले स्टालिनको प्रसङ्ग ल्याउनुभयो । के विप्लवमा पनि स्टालिन प्रवृत्ति हाबी भएर तपाईं साइड लाग्नुभएको हो ?
स्टालिन प्रवृत्ति नै त म भन्न सक्दिनँ । कतिपय कुरा र काम उद्देश्यअनुरूप भएका छैनन् । यो कुरा म हिजो पनि भन्दै आएको थिएँ र अहिले पनि दाबीका साथ भन्छु, यसमा उहाँहरू सच्चिनुपर्छ । उद्देश्य महान राख्ने तर गतिविधि निच गर्ने गनुहँुदैन भन्ने मेरो भनाइ हो ।
विप्लवको राजनीतिक कार्यदिशा ठीक थियो भने किन नेकपामा प्रवेश गर्नुभयो त ?
लक्ष्य र सपनाअनुसार काम नगरेको हुनाले । पार्टीको कार्यदिशाअनुसार काम नगरेपछि र त्यसलाई सच्याउनुपर्छ भनेर वार्ताको कुरा गर्दा पार्टीको नीतिविपरीत भयो भन्दै मलाई स्पष्टीकरण नै नलिई निलम्बन गरियो । म राजनीति गर्ने मानिस भएकाले मेले यो बाटो रोजेँ ।
पार्टीमा विप्लवका विरुद्ध कसैले पनि कमिटीगत रूपमा वा मिटिङमा बोल्न पाइँदैनथियो भन्ने कुरा पनि आउने गर्छ नि, वास्तविकता त्यस्तै थियो ?
पार्टी छोडेर जा वा बोल्नै नपाइने भन्ने होइन । बरु के हो भने मैले मेरो पार्टी र नेता भनेर निकै लामो समयदेखि खोजे उहाँहरूले भेट्ने मौका नै दिनुभएन । बरु तपाईंले भन्न खोजको के हो भनेर स्पष्टीकरणको साटो निलम्बन गर्नुभयो । त्यो मेरो मात्र कुरा भएन । म एउटा पात्र भएँ । त्यो पद्धति, संस्कार र संस्कृति भएन नि !
दोस्रो, उहाँले निलम्बन गरिसकेपछि नेकपाका अध्यक्ष प्रचण्डसँग कुरा भयो । उहाँले हामीले निकै ठूलो लगानी गरेका छौँ, यहाँहरुलाई माया पनि छ भन्नुभयो ।
माया त हामीलाई जहाँ पनि थियो । अनि मैले उहाँहरुको सपना बुझेँ । उहाँले पनि तपाईंहरुको साथ पो पाउनुपर्ने, डिस्टप गर्नु हुँदैन भन्ने गुनासो गरेको पाएँ । मलाई पनि उहाँहरुले देखेको सपना साकार पार्नुपर्छ भन्ने लाग्यो ।
सपना साकार पार्न मैले पनि एउटा इँटाको काम गर्दा राम्रो हुन्छ भन्ने भएर म इँटाको काम गर्नलाई आएको छु । हेर्दै जाऊँ भोलि काम र परिमाणले के देखाउँछ । तर म उताको डर र त्रासले यता सुरक्षित हुन आएको होइन ।
कतिपय साथीले वार्ताको कुरा पनि गरिरहेका छन् । तर प्रशासनले निगरानी नगरोस् भन्ने उद्देश्यले मात्र गरेका छन् । मैले देश र जनतालाई केन्द्रमा राखेर वार्ता हुनुपर्छ भनेको छु । अब राज्यले प्रतिबन्ध लगायो, त्यसको प्रतिरोध गर्ने ? त्यो त दुईवटा शक्तिको टकरावको कुरा भयो । त्यसमा हार जित त पक्कै हुन्छ । तर राज्य र जनताले के पाउँछ ? एक सय ४ वर्षीय राणाशासन फ्याक्यौँ, पञ्चायतको विरुद्धमा पनि युद्ध हाक्यौँ, पछि पनि कैयौँ युद्ध भए । नेपाली जनता र राष्ट्रले के पायो ? अब नेपाली जनताले पाउनुपर्यो भन्ने हो । पटक–पटक विद्रोह, क्रान्ति र युद्ध हुने, परिवर्तन भयो पनि भन्ने जनता र राष्ट्रले केही नपाउने भएपछि म वाक्क दिक्क भएको थिएँ । त्यसो हुनाले हाम्रो लक्ष्य पनि ठीक छ, उद्देश्य पनि ठीक छ, कार्यदिशा पनि ठीक छ । तर कतिपय गतिविधि, शैली, संस्कार र संस्कृति त्यो उद्देश्यअनुसार नभएकाले सच्याउ भन्ने हेतुले मैले वार्ताको कुरा गरेको थिए । वार्तामा आफ्ना कुरा टेबुलमा राखौँ भन्ने थियो । साथै आफ्नो पार्टीको आन्तरिक शुद्धीकरण गरेको भए सबै कुरा सम्भव थियो । तर त्यतातिर जानुको साटो एकै चोटि निलम्बनको कुरा आएपछि त्यसमा नियततिर बुझ्नुपर्ने भयो नि ?
सरकारले प्रतिबन्ध लगाइसकेपछि विप्लव समूहले वार्ता गर्न नचाहने र सरकार दमन गर्ने रणनीतिमा अगाडि बढेको देखिन्छ । तपाईं अब यसको समधानको बाटो के देख्नु हुन्छ ?
म अहिले पनि के भन्छु भने राज्यले पनि दमन गरेर सकिन्छ भन्ने सोच्नु हुँदैन । अहिले म राज्यको पक्षमा आए पनि मेरो अनुरोध छ, तीतो अनुभवबाट क्रान्तिको नाममा युद्ध र द्वन्द्वले नेपाली जनतारा राष्ट्रलाई घाटा नै गर्छ । बरु सबै एक चोटी बसौँ । देश परिवर्तन गर्नुपर्छ भन्ने कम्युनिस्टहरु बसौँ, नारायणमान विजुक्छेलाई बोलौँ, मोहन वैद्यलाई बोलौँ, मोहन विक्रमलाई बोलौँ, सीपी मैनालीलाई बोलौँ भने, बाबुरामलाई नै बोलौँ र विप्लवसँग बसौँ ।
समीक्षा गरौँ र अगाडि बढौँ । के हो त कहाँ कमी कमजोरी छन्, समीक्षा गरौँ । त्यति मात्र होइन, कम्युनिस्ट वृत्त बाहिर पनि बुज्रुक र बहादुरहरू छन् । देश बिग्रेको देखेर चिन्ता गर्ने र छाती पोल्ने मान्छेहरु छन् । किन हामी एक ठाउँमा नआउँने ? मैले गरेको सबै कुरा ठीक हो, अरूले गरेको सबै कुरा बेठीक हो भन्ने तर्क र बुझाइ गलत हो ।
विप्लवले सत्तासीन नेकपा नेताहरुको हत्या गर्ने योजना बनाएका थियो भन्ने कुरा थियो नि ? अध्यक्ष प्रचण्डले पनि नै त्यो कुरा बताउनुभएको थियो । त्यो बेला तपाईं विप्लवसँग हुनुहुन्थ्यो । त्यो योजना बनाएको हो या होइन ?
अब त्यो कुरा त मिडियाकर्मीलाई थाहा हुनुपर्ने हो । प्रचण्डलाई मार्ने योजना विप्लवको थियो भन्ने पनि सुनिन्थ्यो । मैले पनि सुनेँ ।
तपाईं त त्यो पार्टीको पोलिटब्युरो सदस्य, पोलिटब्युरोको बैठकमा त्यो कुरा आयो कि आएन ?
मैले नपत्याएर भनेको थिएँ विप्लवले प्रचण्डलगायतका नेताहरुलाई मार्ने योजना बनाएको छ भने पुष्टि भयो भने पार्टीबाट राजीनामा दिन्छु भनेर । मलाई लाग्छ विप्लवको कमरेडको प्रचण्डलगायतका नेताहरुलाई मार्ने योजना थिएन । यता सरकारले पूरा व्यवस्था गरेर विप्लवको हत्या गर्ने भन्ने कुरा आएको थियो नि ? तर अहिले पछिल्लो चरण मैले वार्ताको पहल गर्दैगर्दा विप्लव कमरेडले मलाई निलम्बन गर्नु भयो । यता मैले वार्ता हुनुपर्छ भनेको कारणका राज्यले मलाई धरपकड गरेन । पहिले त म सरकारको पार्टीमा आएको थिएन । मैले वार्ताको कुरा गर्ने हुन्न भनेर भनेको भए, विप्लवले भने जस्तै गरेको भए सरकारले मलाई समाउने थियो । म सरकारको पार्टीमा आज पो आएको छु । यस्तो मार्ने कुरा त माघ र फागुनदेखि हुँदैछ ।
म पद बार्गेनिङ नगर्ने मान्छे हो । फेरि अघि अध्यक्ष कमरेड प्रचण्डले भनिसक्नुभयो, कस्तो हो पदम राई भनेर बुझिराख्नु भएको छ । यसमा म विश्वास छु कि मेरो सम्मान हुन्छ । आर्को कुरा, म उताबाट यता कुनै ठूलो पदका लागि आएको होइन । मेरो जे सपना छ, त्यसलाई पूरा गर्नु हो ।
तपाईं वैशाख ९ गते नै नेकपा प्रवेश गर्ने भन्ने थियो नि त ? वैशाखमा के कारणले रोकिनुभयो ?
मलाई थाहा छैन, वैशाख ९ गते कसले कहाँ भन्यो ? मेरो अस्तिको दिन मात्र कमरेड प्रचण्डसँग कुरा भयो । अनि उहाँले बोलाउनुभयो, म गएँ । विप्लवले निलम्बन गरेपछि मलाई अब के गर्र्ने भन्ने थियो । म त राजनीतिक मन्छे परेँ । सच्चिए राम्रो हुन्थ्यो । विप्लव नसच्चिएपछि सोच्नै पर्यो । अनि मैले काम गरेपछि जहिले नि देश र जनता असन्तुष्ट हुने काम गर्नु हुन्न भन्ने हो । अरुले सम्मान गर्छन् कि, हाइहाइ गर्छन् भनेर काम गर्ने होइन । आफूले केही गर्दैछु भन्ने क्लियर हुनुपर्यो् नि ? आफ्नो कामप्रति र उद्देश्यप्रति आफू नै क्लियर हुनुपर्यो ।
तपाईं उता पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । अब यता के जिम्मेवारी रहन्छ ? जिम्मेवारीको कुरा के भएको छ ?
म पद बार्गेनिङ नगर्ने मान्छे हो । फेरि अघि अध्यक्ष कमरेड प्रचण्डले भनिसक्नुभयो, कस्तो हो पदम राई भनेर बुझिराख्नु भएको छ । यसमा म विश्वास छु कि मेरो सम्मान हुन्छ । आर्को कुरा, म उताबाट यता कुनै ठूलो पदका लागि आएको होइन । मेरो जे सपना छ, त्यसलाई पूरा गर्नु हो । मैले कम्युनिस्ट राजनीति गरेको ३४ वर्ष भयो । त्यो पनि माओवादीबाट हो, अरूबाट होइन । मेरो ३४ वर्षको राजनीतिक अनुभवबाट हेर्दा मेरो सपना पूरा भएको छैन । मलाई कुनै जिन्सी, भौतिक सुख सुविधा चाहिँदैन । देश, जनता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, समानता र परिवर्तन मात्र मेरो दिमागमा आइरहेको छ । त्यो मैले काम गर्दैगर्दाखेरी सन्तुष्ट हुन सकिनँ । अब म आशा र अपेक्षा गर्छु, यो पार्टीमा ठूलो आशा गरेर आएको छु । मैले काम पाउँछु । म परिमाण निकालेर यस्तो काम त पहिले नै गर्नुपर्ने रहेछ ढिलो भएछ भन्ने बनाउन चाहन्छु ।
तपाईंलाई पदको अपेक्षा त होला नि ?
मेरो पदको अपेक्षा होइन । उद्देश्यसँग सम्बन्धित छ । म जहाँ भए पनि मेरो अभावमा सपना पूरा भयो भने खुसी हुने मान्छे हो । म पदको पछाडि लाग्ने मान्छे होइन । पद सँगसँगै जिम्मेवारी पनि हुन्छ । बेकार पद किन चाहियो । मैले ठूलो डोको बोकेपछि डोकोभरी सामान बोके राम्रो हो । खालि डोको बोकेर केही हुँदैन ।
अन्तिममा विप्लव नेतृत्वको एकीकृत जनक्रान्तिको भविष्य के होला ?
विप्लवले जित्दैन हार्छ भन्ने कुरा त हो । मैले अस्ति पनि भने ठूलो पार्टी त बन्ला तर जित्दैन भनेर लेखेको पाऊँ । त्यसमा मैले आपत्ति पनि जनाएँ । मेरो अहिले पनि एउटै कुरा छ । हार छ कि जित छ भन्ने कुरा होइन नि ? जित छ । १ सय ४ वर्षीय राणाशासनमा राणाहरुले, गङ्गालाल श्रेष्ठ, दशरत चन्द र शुक्रराज शास्त्रीको हत्या गरे । के राणाशासन टिक्यो त ? राणाशासन मात्र ढलेको होइन । राजाहरु खै अहिले ? केही जीवित हुनु होला राजनीतिमा खै त ? त्यसैले त्यो तरिकाले हुँदैन भनेर मैले राज्य पक्षलाई भन्ने गरेको छ । अनि विप्लवमा त्यसको प्रतिकार गरेर विद्रोह गरेर सत्ता आउँछ भन्ने सपना छ नि ? हिजो १० वर्ष लड्दा १७ हजार मान्छे मारिए । परिवर्तनका लागि न लडेको हो र ? । अहिले विप्लव नै अन्तिम बहादुर र बुज्रुक होइन नि ? हिजो प्रचण्ड नहुँदा केही पनि नहुने र आज विप्लव नहुँदा केही पनि नहुने भनेर त हुँदैन नि ? स्वतन्त्र र स्वाधीनता चाहने मान्छे त अरू पनि छन् । समयले त्यस्ता धेरै मान्छे जन्माउन सक्ला तर यस्तो समस्या त आइराख्छ ।
जबसम्म समाजामा समस्या रहिरन्छ । समस्याको समधान गर्नुपर्यो । नेपाला सम्भावनाका लागि क्रान्ति भएको होइन । समस्याका कारण क्रान्ति जन्मेको हो । त्यसलाई सबै पक्षले बुझ्न जरुरी छ । त्यसैले दीर्घकालीन रूपमा समस्याको समाधानका लागि एजेन्डामा जानुपर्यो । मलाई खुसी लागेको छ । झापा आन्दोलनका कर्मठ र अनुभवी नेताहरु हुनुहुन्छ । हिजो प्रचण्ड कमरेड मूलधारमा आएँ भनेर खुसी हुनुभयो । मन्छे र दललाई ल्याएर हुँदैन । अहिले विप्लव आएर के हुन्छ ? विप्लवका एजेन्डा सम्बोधन भएन भने त अर्को विप्लवको जन्मन्छ फेरि । मेरो अनुरोध यही छ, एजेन्डाका जानुपर्छ । ठूलो पार्टी बनाउँदा केहीलाई सत्तामा पुगेर खान त होला । तर जनता र राष्ट्रलाई धोका हुन्छ ।
अनि आन्दोलन र युद्ध रोकिँदैन नि ? हिजो प्रचण्ड नेतृत्वमा सबै एजेन्डा हल भएको भए अहिले विप्लकको कुरा कसैले सुन्ने थिएन, केही बाँकी रह्यो । अहिले प्रचण्डले त्यो बाँकी कुरा पनि पूरा गर्छु भन्नुभयो । त्यसो हुँदा अब छुट्टै किन गर्ने त भनेर साथ र सहयोग दिनुपर्छ भन्ने लाग्यो । अब हिजो प्रचण्डको नेतृत्वमा बाँकी रहेका कुराहरु गर्न जरुरी छ । त्यसका लागि मैले पनि प्रयास गर्छु, साथ सहयोग दिन्छु ।(राताेपाटीमा प्रकाशीत अन्तरवार्ता सान्दर्भिक लागेर साभार गरिएको – सं)