चिन पुगेर कृषि मन्त्री खनालले भने – ढुक्क भएर लगानी गर्न आउनुस्

चिन, ५ चैत ।
कृषि तथा पशुपन्छी विकास मन्त्री मन्त्री चत्रपाणी खनाल बलदेवले नेपाल लगानीको लागि उउयुक्त र सुरक्षीत देश भएको बताएका छन् ।

चीनको इविनमा भएको अन्तराष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालमा इतिहासमा नै दुई तिहाई बहुमतको बलियो स्थिर सरकार स्थापना भएको र एक वर्षमा आर्थिक विकासका आधारहरु खडा गरेकाले ढुक्क भएर नेपालमा लगानी गर्न अन्तराष्ट्रिय समुायलार्य आग्रह गरेका हुन् ।

उनले सम्मेलनलाई सम्बोधन गर्दै आफू नेपालमा लगानीका सम्भावनाहरु र नेपाल सरकारले लगानी प्रवद्र्धनका लागि लिएका नीतिहरुबारे जानकारी दिन आएको बताएका थिए ।

४० देशका झण्डै एक हजार प्रतिनिधि सहभागी कार्यक्रममा मन्त्री खनालले दिएको मन्तव्य

आदरणीय इपिन नगरपालिकाका उपप्रमुखद्वय ल्याओ वन पिन र चाङ्ग फिङ्ग, यस मञ्चमा उपस्थित हुनुभएका सम्पूर्ण लगानीकर्ता, महिला तथा सज्जन मित्रहरु,
सन्ध्याकलीन नमस्कार एवम हार्दिक अभिवादन ।

तपाइ लगानीकर्ता मित्रहरुसमक्ष म नेपाल सरकारको तर्फबाट नेपालमा लगानीका सम्भावनाहरु र नेपाल सरकारले लगानी प्रवद्र्धनका लागि लिएका नीतिहरुका बारे प्रकाश पार्न उपस्थित भएको छु । तपार्इँहरुलाई थाहा भएकै कुरा हो नेपालमा राजनीतिक स्थायित्व भएसँगै इतिहासमा नै दुई तिहाई बहुमतको बलियो स्थिर सरकार स्थापना भएको छ ।

यो सरकारले एक वर्षमा आर्थिक विकासका आधारहरु खडा गरेको छ । र, हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ अगाडि बढिरहेका छौं । हामीले धेरै नीतिगत र कानुनी जटिलताहरु सुधार गरेका छौं, आर्थिक विकासका लागि नीतिगत प्रष्टता र दृढता कायम गरेका छौं । आन्तरिक र बाह्य लगानी प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण तयार गर्न निरन्तर प्रयास गरिरहेका छौँ । राजनीतिक स्थितरतासँगै नेपालमा बन्द हड्तालका कार्यक्रमहरु आयोजना हुन छाडेका छन् ।
तुलनात्मकरुपमा नेपालमा श्रमको मूल्य सस्तो छ ।

हालसालै नेपाल सरकारले लगानीकर्ताका लागि एकद्वार प्रणालीमा सेवा दिने नीति घोषणा गरेको छ । जसले प्रशासनिक झमेलालाई धेरै हदसम्म कम गर्नेछ । अझै भन्नुपर्दा तपाईँलाई चीन र भारतजस्ता विशाल बजारसम्म पहुँच स्थापित गर्ने दुरी सहज र छोटो हुनेछ । चिनियाँ राष्ट्रपति महामहीम सि चिन पिंmङले अघि सार्नुभएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ प्रति नेपालले देखाएको प्रवितवद्धताले विश्व बजारमा पुग्न अझै सहज हुने हामीले विश्वास लिएका छौं ।

प्रिय मित्रहरु,
म अव नेपालमा कृषि क्षेत्रमा लगानीका सम्भावनाहरु बारे प्रकाश पार्न चाहन्छु । नेपाल भौगोलिक हिसावले सानो देश भए पनि नेपालका केही कृषि उपजहरु विश्व बजारमा प्रसिद्ध छन् । उदाहणका लागि अर्थोडक्स नेपाली चिया, कफी, अलौची, अदुवा, मह, जडिबुटी लगायतलाई लिन सकिन्छ । यि कृषि उपजहरु मुलतः प्राङ्गारिक छन् । विशिष्ठ गुणका पनि छन् । यी उपजहरुको नेपालमा प्रशोधन गरी विश्व बजारसमक्ष पुर्याउने राम्रो सम्भावना छ । हाम्रा प्रशोधनका प्रविधि र पूर्वाधारहरु आधुनिक छैनन् ।

त्यसैले अत्याधुनिक प्रविधिहरुको प्रयोग गरी प्रशोधन र बजारीकरण गर्न थप लगानी जरुरी देखिएको छ । हामी कृषि क्षेत्रको यान्त्रिकीकरणका लागि धेरै औजार उपकरणहरु चीन लगायत छिमेकी मुलुकहरुबाट आयात गरिरहेका छौं । त्यसैले तपाईँ नेपालमै यस्ता मेसिनरीहरु, तीनका पार्टपूर्जाहरु र तीनमा लाग्ने उपकरणहरु उत्पादन र बजारीकरण गर्न सक्नुहुन्छ । वर्णशंकर विउ उत्पादनका प्रविधि विकास र नेपालमै विउ उत्पादनमा सहकार्य गर्न सकिन्छ ।

नेपाल सरकारले रासायनिक मलको प्रयोगलाई कम गर्दै प्राङ्गारिक खेतीलाई उच्च प्राथमिकता दिने नीति लिएको छ । त्यसैले प्राङ्गारिक मलको उत्पादन र बजारीकरणमा थप लगानी आवश्यक देखिएको छ । रासायनिक विषदीको विकल्पको रुपमा जैविक विषादीहरुको उत्पादन र प्रवद्र्धन पनि आवश्यक छ । पशुपन्छीका लागि भ्याक्सिनहरु उत्पादन, पशुपन्छी र मत्स्यपालनका लागि आवश्यक दाना उत्पादन र मासु प्रशोधन पनि तपार्इँहरुका चासोका क्षेत्र हुन सक्छन् । कृषि क्षेत्रका अतिरिक्त नेपालमा पर्यटन उद्योग र जलविद्युत विकासको क्षेत्रमा पनि लगानीका सम्भावना प्रयाप्त रहेको छ । लामो समय लोडसेडिङको समस्या झेलिरहेका हामी नेपाली अहिले त्यसबाट मुक्त मात्र भएका छौनौं, अविछिन्न उर्जा उपलब्धताको सुनिश्चितता गरिसकेका छौं । जलश्रोतको धनी राष्ट्र नेपाल अहिले प्रयाप्त उर्जा उत्पादन गरी निर्यात गर्ने तयारीमा छ । त्यसका लागि लगानीका प्रयाप्त सम्भावनाहरु छन् ।

नेपालमा आगामी मार्च २९ र ३० तारिकमा हुन गइरहेको लगानी सम्मेलनमा हामीले धेरै लगानीकर्ताहरुको सहभागिता र समन्वयको खाँचो महसुस गरेका छौं । उक्त सम्मेलनमा नेपालमा लगानीका सम्भावनाहरु बारे प्रयाप्त छलफल हुने नै छन् । नेपालमा चीन लगायत धेरै राष्टले लगानीका लागि प्राथमिकता दिएका छन् । यो लगानी सम्मेलनमा पनि यो प्राथ मिकता देखिने छ भन्ने हामीले आशा गरेका छौ ।

अन्त्यमा नेपाल सरकार र मेरो तर्फबाट यो अवसर उपलब्ध गराइएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु । साथै, तेस्रो अन्तर्राष्ट्रिय चिया सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा चीन सरकार, सिचुवान प्रान्तीय जनसरकार र इपिन जनसरकारलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । धन्यवाद ।