यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
१४ लाख ३२ हजार ८०७ किशोरीले लगाए एचपिभी खोप. पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध सरकारले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको खोप अभियानबाट १४ लाख ३२ हजार ८०७ किशोरीले खोप लगाएका हुन्। माघ २२ देखि फागुन ६ गतेसम्म सरकारले देशैभर खोप अभियान सञ्चालन गरेको थियो।. सो अभियानबाट १५ लाख ६० हजार ८ जना किशोरी लाभान्वित हुने अपेक्षा गरिएकोमा प्रारम्भिक तथ्यांक अनुुसार साढे १४ लाख किशोरीले मात्र खोप लगाएका छन्।. देशभर ९२ प्रतिशत खोप कभरेज भएका छन्। खोप उपलब्धिका आधारमा कोशी र जनसंख्याका आधारमा बागमती प्रदेशमा धेरै खोप कभरेज भएको उनले बताए।. कोशी प्रदेशमा २ लाख ३२ हजार १०१, मधेशमा ३ लाख ४३ हजार ४८५, बागमतीमा २ लाख ५६ हजार २२१, गण्डकीमा १ लाख २ हजार २४७, लुम्बिनीमा २ लाख ५८ हजार १६८, कर्णालीमा ९ हजार ५६६ जनाले खोप लगाएका छन्।.
१४ लाख ३२ हजार ८०७ किशोरीले लगाए एचपिभी खोप
मूलखबर संवाददाता
काठमाडौं, ९ फागुन ।
पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध सरकारले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको खोप अभियानबाट १४ लाख ३२ हजार ८०७ किशोरीले खोप लगाएका हुन्। माघ २२ देखि फागुन ६ गतेसम्म सरकारले देशैभर खोप अभियान सञ्चालन गरेको थियो।
सो अभियानबाट १५ लाख ६० हजार ८ जना किशोरी लाभान्वित हुने अपेक्षा गरिएकोमा प्रारम्भिक तथ्यांक अनुुसार साढे १४ लाख किशोरीले मात्र खोप लगाएका छन्।
देशभर ९२ प्रतिशत खोप कभरेज भएका छन्। खोप उपलब्धिका आधारमा कोशी र जनसंख्याका आधारमा बागमती प्रदेशमा धेरै खोप कभरेज भएको उनले बताए।
कोशी प्रदेशमा २ लाख ३२ हजार १०१, मधेशमा ३ लाख ४३ हजार ४८५, बागमतीमा २ लाख ५६ हजार २२१, गण्डकीमा १ लाख २ हजार २४७, लुम्बिनीमा २ लाख ५८ हजार १६८, कर्णालीमा ९ हजार ५६६ जनाले खोप लगाएका छन्।