माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमूखलाई तालिम दिन काठमाडौं बोलायो

मूलखबर संवाददाता
काठमाडौं, ९ फागुन ।

प्रमूख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहमा आफ्नो तर्फबाट निर्वाचित पालिका प्रमूख र उपप्रमूखलाई समाजवाद निर्माणबारे वृहत प्रशिक्षण दिने भएको छ । स्थानिय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिएका छन् ।
त्यसका लागि माओवादीले शनिबार र आइतबार कामाठमाडौंमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ ।
प्रवक्ता सापकोटाले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने जानकारी पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएका हुन् ।
भेलामा माओवादीका तर्फबाट विजयी भएका एक सय २३ पालिकाका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षको सहभागिता रहनेछ । माओवादी केन्द्रले भेलाबाट पछिल्लो निर्वाचनमा विजय हासिल गरेका स्थानीय तहमा समाजवादको अभ्यास सहितको कार्यक्रम निर्माण र नमूना पालिका बनाउने लक्ष्य लिएको छ ।
भेलामा निर्धारित राष्ट्रिय सूचकांकमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष /उपाध्यक्षले आ-आफ्नो अनुभव सुनाउने कार्यक्रम छ ।

भेलामा समाजवाद निर्माणको आधारबारे विज्ञ सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।
स्थानीय जनप्रतिनिधिलाई समाजवादी नीति कार्यक्रम, कानुन र बजेट निर्माण, उत्पादन र रोजगारीलगायत विषयमा प्रशिक्षण दिइनेछ ।

सापकोटाले पार्टीको पछिल्लो केन्द्रीय समितिबाट पारित वैचारिक, राजनीतिक तथा सांगठनिक निर्णयहरू, पार्टीले सञ्चालन गर्न लागेको समाजवादको आधार तयार गर्नका लागि स्थानीय जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रम तथा केन्द्रीय समितिको निर्णय अनुसार हुन लागेको जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान सञ्चालन लगायतका समसामयिक घटनाक्रममा सम्बन्धमा जानकारी दिने उद्धेश्यले एक प्रेस विज्ञप्ति पनि जारी गरेका छन् ।
प्रेस विज्ञप्तिमा भनिएको छ उक्त भेलाबाट माओवादी केन्द्रले पछिल्लो निर्वाचनमा विजय हासिल गरेका स्थानीय तहमा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमुना पालिका बनाउने लक्ष राखेको छ।

विज्ञप्तिको पूर्ण पाठ

पत्रकार मित्रहरू,
हाम्रो पार्टीको गत पौष २१–२३ गते सम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले पार्टीको वैचारिक स्पष्टतासहित सांगठनिक कार्यविभाजनमा समेत हेरफेर गरेको छ। बैठकले पार्टीको आन्तरिक जीवनसँगै राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिका बिषयमा गहिरो समीक्षासहित छलफल तथा निर्णय भएको थियो।

केन्द्रीय समितिको बैठकले वर्तमान राष्ट्रिय परिस्थिति अन्तर्राष्ट्रिय परिस्थितिको संक्षिप्त समीक्षा, राष्ट्रिय परिस्थितिमा हाम्रो पार्टीको नेतृत्वको सरकारले सुशासनको निम्ति भ्रष्टाचार विरुद्व ऐतिहासिक अभियान सुरु गरेको, त्यही क्रममा भ्रष्टहरुको रक्षार्थ रातारात सरकार परिवर्तन गरी वर्तमान सरकारको नेतृत्वबाट भ्रष्टहरुको रक्षा गर्ने अभियान चलिरहेको, मुलुकमा सहकारी अपचलन र मिटरब्याजी सम्बन्धी समस्या जर्जर बन्दै गएको, मुलुक वित्तीय संकटतर्फ गम्भीर रुपमा धकेलिदै गइरहेको, बहुदलीय प्रणाली विपरित दुई दलीय निरङ्कुशता बढाउँदै लगिरहेको, सरकारबाट नै लोकतन्त्र माथि संकट बढ्दै गइरहेको, वर्तमान विश्व राजनीतिक तनाव र भूराजनीतिक स्थितिमा सरकारद्वारा सन्तुलित परराष्ट्र नीतिको अवलम्वन नगरिएको, त्यसले गर्दा राष्ट्रिय स्वाधीनतामाथि संकट बढ्दै गइरहेको निष्कर्ष निकालेको थियो।

केन्द्रीय समितिको बैठकको निर्णयअनुसार हाम्रो पार्टीले फागुन १० र ११ गते स्थानीय पालिकाका जनप्रतिनिधिहरुको राष्ट्रिय भेला गरी स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने भएको छ। भेलामा पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने छ। उक्त भेलाबाट माओवादी केन्द्रले पछिल्लो निर्वाचनमा विजय हासिल गरेका स्थानीय तहमा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमुना पालिका बनाउने लक्ष राखेको छ।

यस्तै, जनस्तरमा संगठन सुदृढिकरणका लागि पार्टीले जनतासँग माओवादी अभियानअन्तर्गत यही फागुन १२ गते झापाबाट सुरुवात गरी चैत्र ८ गते कञ्चनपुरमा गएर समापन हुनेछ। हुलाकी मार्ग एवं पूर्व-पश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई मधेश जागरण अभियानको कार्यतालिका निम्न रहेको छ।

अभियानको कार्यतालिका निम्न रहेको छ।
प्रदेश नं– १
झापा– फागुन –१२ गते
मोरङ– फागुन १३ गते
सुनसरी – फागुन १५ गते
मधेश प्रदेश
सर्लाही– फागुन २२ गते
रौतहट– फागुन २३ गते
बारा– फागुन २४ गते
पर्सा– फागुन २५ गते
बागमती प्रदेश
चितवन– फागुन २६ गते
गण्डकी प्रदेश
नवलपुर ९नवलपरासी पूर्व०– फागुन २७ गते
लुम्बिनी प्रदेश
परासी ९नवलपरासी पश्चिम० फागुन– २९ गते
रुपन्देही–चैत्र २ गते
कपिलवस्तु– चैत्र ३ गते
दाङ– चैत्र ४ गते
बाँके– चैत्र ५ गते
बर्दिया– चैत्र ६ गते
सुदुरपश्चिम प्रदेश
कैलाली–चैत्र ७ गते
कञ्चनपुर– चैत्र ८ गते

जनतासँग माओवादी हुलाकी मार्गकेन्द्रित तराई(मधेस जागरण अभियान किन ?

  • प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न।
  • सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न।
  • दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न।
  • अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिन।
  • दलित समुदायमाथि हुने जातीय छुवाछूत तथा महिलामाथिको हिंसाको विरोध गर्दै उत्पीडित वर्ग एवं समुदायका संवैधानिक हक सुनिश्चित गर्न।
  • दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि एवम् सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको उदासिनताको विरोध गर्न।
  • सहकारी ठगी कारबाही सन्दर्भमा सत्ता(गठबन्धन निकट व्यक्तिलाई संरक्षण गर्ने सरकारको पूर्वाग्रही र भेदभावपूर्ण रवैयाको विरोध गर्दै सहकारी पीडितलाई बचत रकम उपलब्ध गराई न्याय दिलाउने वातावरण बनाउन।
  • हाम्रो पार्टी नेतृत्वको सरकारले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याज समस्या समाधानका लागि गरेको ऐतिहासिक पहलकदमीको स्वामित्व स्थापित गर्दै हाल मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले देखाएको चरम उदासीनताप्रति भर्त्सना गर्दै मिटरव्याज पीडितको न्यायको पक्षमा आवाज उठाउन।
  • नागरिकताविहीन हजारौं नेपालीलाई नागरिकता दिन हाम्रो पार्टी नेतृत्वको सरकारले कानुन निर्माणमा लिएको पहलकदमीको अपनत्व लिँदै यससम्बन्धी देखिएका व्यावहारिक कठिनाई हटाउनका लागि ध्यानाकर्षण गराउन।
  • राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्र हितको पक्षमा दृढ अडान र देशभक्त शक्तिलाई एकता र सहकार्यका लागि आह्वान गर्न।
  • सरकारले संविधान संशोधनका नाममा महिला, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमलगायत उत्पीडित समुदायले प्राप्त गरेको समानुपातिक प्रतिनिधित्वको अधिकार खोस्न सक्ने खतराप्रति सचेत गराउँदै उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रण गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखपूर्ण समानुपातिक निर्वाचन प्रणाली, पहिचानलगायतका हाम्रो पार्टीको मतलाई मूल आधार बनाएर संविधान संशोधनको मुद्दा उठाउन।
  • मैथिली, भोजपुरी, अवधि, थारूलगायतका राष्ट्रभाषालाई सरकारीको कामकाजको भाषाको रूपमा स्थापित गर्न, तराई मधेसमा सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि सशक्त आवाज उठाउन।
  • किसानले मल, बीउ, बजार सुनिश्चिततालगायतका भोग्दै आएका समस्या हल गर्न स्थानीय कृषि उत्पादनमा वृद्धिमार्फत् आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माणका लागि दबाब दिन।
  • जनतासँग प्रत्यक्ष संवाद र अन्तर्क्रियाबाट स्थानीय जनसरोकार, जनजीविका तथा विकास निर्माणसँग सम्बन्धित समस्याबारे जानकारी लिई पार्टीका तर्फबाट आवश्यक पहलकदमी गर्न।
  • विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति खबरदारी गर्दै समयमै योजना सम्पन्न गर्न, योजनाको पारदर्शिता र गुणस्तरीयताको सुनिश्चितताका लागि ध्यानाकर्षण गराउन।
  • वैदेशिक रोजगारीका क्रममा हुने शोषण र ठगीमाथि पूर्ण नियन्त्रण गर्दै सम्मानजनक प्रवासन तथा रिटर्नीलाई उद्यमशीलताको अवसर प्रदानका लागि आवाज उठाउन।
  • कांग्रेस, एमालेको सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयकमार्फत् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेकाले त्यसको विरोध गर्दै पूर्ण प्रेस स्वतन्त्रतासहित सामाजिक सञ्जालको नियन्त्रण होइन, नियमन गर्ने कानुन बनाउनका लागि दबाब दिन।
    हुलाकी मार्गको निर्माणलाई यथाशीघ्र सम्पन्न गर्न तथा यसलाई कृषिजन्य उत्पादन र ग्रामीण उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्न राज्यलाई दबाब दिन।
  • जीर्ण तथा रुग्ण उद्योगलाई सञ्चालनको साटो निजीकरण गरेर कराडौँको राष्ट्रिय सम्पत्ति दोहन गर्ने सरकारी षड्यन्त्रको भण्डाफोर गर्न।
  • विभिन्न प्राकृतिक प्रकोपका पीडितलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि दबाब सिर्जना गर्दै आगामी दिनमा बाढी,पहिरो, खडेरी जस्ता विपदबाट बच्न पूर्वतयारीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गरी पार्टीको तर्फबाट पहलकमदमी लिन, यसमा तिनै तहका सरकारको ध्यानाकर्षण गराउन र जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय सङ्कटबारे आम जनतालाई जागरूक बनाउन।
  • २०८१ फागुन ९, पेरिसडाँडा, काठमाडौं

अग्नि प्रसाद सापकोटा
प्रवक्ता/उपाध्यक्ष
ने.क.पा. (माओवादी केन्द्र)