ब्लड क्यान्सरबाट पीडित पत्रकार शर्मालाई एबि पोजेटिभ रगत आबश्यक
काठमाडौं , १७ जेठ ।
ब्लड क्यान्सरबाट पिडित नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष शालीकराम शर्मालाई एवि पोजेटिभ रगत आबश्यक परेको छ ।
शर्मालाई काठमाडौंको अल्का अस्पतालमा उपचारका लागी भर्ना गरिएको थियो । त्यहाँ बेडको समस्या भएपछि शर्मालाई आज भक्तपुरको क्यान्सर अस्पतालमा भर्ना गरिएको छ ।
शर्मा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का लेखा समिति सदस्य, सामुदायिक रेडियो शारदाका अध्यक्ष र सल्यानी सन्देश साप्ताहिक प्रकाशक सम्पादकको रुपमा कार्यरत छन् ।
२०४० सालदेखि पत्रकारितामा संलग्न शर्माको सेता र राता दुवैखाले रक्तकोषमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । शर्मालाइ धेरै भन्दा धेरै रगतको खाँचो परेको छोरी धैर्यताले बताइन् ।
शर्मालाई एवि पोजेटिभ रगत आबश्यकता परेकाले ब्लड गु्रप मिल्ने र दिन चाहानेले ९८५१०९१८८९ मा सम्पर्क गर्न सकिनेछ ।