संसदमा काग्रेसको बिरोध
काठमाडौं, १७ जेठ ।
सरकार बिरुद्ध कांग्रेसले आज संसदमा बिरोध गरेको छ । सरकारले बजेट सार्वजनिक हुनुभन्दा पहिला नै बाहिर सूचना लिक गरेको भन्दै कांग्रेसले बिरोध गरेको हो ।
आज बसेको व्यवस्थापिका संसदमा कांग्रेस नेता एवं पूर्वअर्थ मन्त्री रामशरण महतले बजेट सार्वजनिक हुनु अगाडि नै बजेट सम्बन्धी सबै सूचना संचारमाध्यम आएको भन्दै बिरोध गरेका थिए । उनले त्यसको सत्यतथ्य छानविन गर्नुपर्ने माग समेत गरे ।
महतले संसद सुरु हुनेवित्तिकै सभामुखसँग समय लिएर सरकारले संसदमा बजेट पेश नगर्दै संचारमाध्यमलाई सार्बजनिक गरेको बिरोधमा आफ्नो धारणा राखेका थिए। उनले सरकारले बजेट सार्वजनिक हुनु अगाडि नै सूचना लिक गरेर सकारले गलत नजिर बसाएकोले यसको छानविन गर्न समिति गठन गर्नुपर्ने माग गरे ।
महले बोलेपछि कांग्रेसका सबै सांसद आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए। कांग्रेसको विरोधपछि सभामुख ओनसरी घर्तीले आधा घण्टाको लागि संसद बैठक स्थगित गरेकी छिन्।