नौबुँदे सहमति कार्यान्वयनमा इमान्दार नदेखिएपछि बालुवाटार गएरै प्रधानमन्त्री ओलीलाई थर्काए प्रचण्डले
एमाले माओवादी बीच भएको ९ बुँदे लिखीत सहमति लाई कार्यान्वयन गर्ने गरी बजेट नआएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेरै थर्काएका छन् ।
बजेटमा शहीद परिवारलाई १० लाख मध्ये ५ लाख बराबरको शेयर तामाकोशी जलविद्युत कम्पनिमा प्रदाग गर्ने र किसानलार्य पेन्सन दिने लगायतका विषय बजेटमा उल्ल्ख नगरेकोमा माओवादी केन्द्रले आपत्ति जनाइसकेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रचण्डले तपाईहरुले फेरी धोका दिनुभयो भन्दै यस्तै हो भने नयाँ ढंगले सोच्नुपर्ने भयो भन्ने अभिव्यत्तिः दिएका वालुवाटर श्रोतले बतायो ।
भेटवार्त पछिल्लो राजनीतिक परिस्थिति र बजेटका बारेमा केन्द्रीत रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहलले बताएका छन् ।
माओवादी संसदीय दलको हिजो साँझको बैठकले संसदमा बजेटमा नसमेटिएका विषयमा सशक्त आवाज उठाउने निर्णय गरेको थियो ।