कसरी होला पुनिर्माणमा जनताको विश्वास ? प्रधानमन्त्रीले हालेको मोडल जग नै भयो गायव

Prime Minister KP Sharma Oli (centre) lays foundation stone for the reconstruction of a house destroyed in last year's earthquake, in Syanbo, Chautara Municipality, Sindhupalchok, on Sunday, April 24, 2016. Photo: THT

२०७२ वैशाख १२ गते ११: ५६ बजे गएको विनाशकारी भूकम्पले शरवे तामाङको घर ढाल्यो। २०७३ वैशाख १२ गते ११:५६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भत्केको त्यही घरको भग्नावशेष पन्छाएर पुनर्निर्माणको शिलान्यास गरे।

निकै ठूलो तामझामसहित प्रधानमन्त्री ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटा र पूर्वमन्त्री अमृतकुमार बोहोरा पुगेर शिलान्यास गरेको ३३ दिनपछि शरवेका घरमा पुग्दा शिलान्यासका क्रममा राखिएका पाँचवटा इँटामध्ये एउटामात्र भेटियो, अरूको केही निसाना फेला परेन् ।

घर पुनर्निर्माणका लागि जग खनेको ठाउँ पुरेर शरवेले त्रिपाल टाँगी दुई छोरालाई सुत्ने ठाउँ बनाइदिएका छन् । ‘बच्चालाई सुत्नका लागि जग खनेको ठाउँ छोपेर ओछ्यान बनाएको छु,’ शरवेले भने । त्रिपाल उठाएर छोपेको ठाउँमा हेर्दा जग खनेको निसाना पनि भेटिएन।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशीत खबर अनुसार सरकारले टेन्टमुनि बसिरहेकाहरूलाई वर्षातगाडि नै टिनको छानामुनि ल्याउने घोषणा गर्दै आएको छ तर टेन्ट निकालेर घर बनाउन खनिएको जग पुरेर शरवेले फेरि टेन्ट ठड्याएका छन्।