बजेटबारे सहिद र वेपत्ता परिवारले भने – ‘आँखामा छारो हाल्न खोजीयो ‘
काठमाडौं, १६ जेठ,
आर्थिक वर्ष २०७३ ७४ को लागि अर्थमन्त्री विष्णु पौडेलले सार्वजनीक गरेको १० खर्बको बजेटले १० वर्षे शसस्त्र जनयुद्धमा सहभागि र आफ्ना परिवार गुमाएका शहीद परिवार सन्तुष्ट हुन सकेको देखिएन । जनयुद्धको संचालक एमाओवादीको समर्थनमा सरकार संचालन गरेको नेकपा एमालेका नेतासमेत रहेका अर्थमन्त्री पौडेलले बजेटमा गुलिया कुरा गरेर शहीद वेपत्ता परिवार र मओवादी कार्यकर्तालाई भुलभुलैयामा पारेको उनीहरुले जनाएका छन् ।
बजेट सार्वजनीक गरिएपछि उनीहरुले आफ्ना फेसबुक स्टाटसमा व्इक्त गरेका टिप्पणीहरुलाई अध्ययन गर्दा उनीहरु सन्तुष्ट हुन सकेको देखिंदैन । एमाले र एमाओवादीबीच भएको जनयुद्धका एजेण्डाहरुमा आधारीत ९ बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा केही सैद्धान्तिक प्रतिवद्धता बजेटमा आएको भएपनि व्यवहारिक रप्मा शहीद वेपत्ता परिवारलाई दिनुपर्ने थप ५ लाखको कुरा पुरा नभएको, जनमुक्ति सेना र घाइतेलाई दिने भनिएको रकममा पनि पुरानै कुरामात्रै दोहोर्याएको जस्ता आरोप शहीद वेपत्ता परिवारले लगाएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका शहीद परिवार युवराज चौलागाईंले बजेटबारे लेखेका छन् ,
‘इतिहासकै ठूलो १० खर्ब ४८अर्ब रुपैंयाको बजेट आयो। महत्वाकांक्षी केही योजनाहरु आए। पूर्व पश्चिम रेल मार्ग, १० हजार मेगावाट विजुली, मंसिरमा स्थानीय निर्वाचन, पानीजहाज संचालन,६।५५ बार्षिक बृद्धी लक्ष्य जस्ता महत्वाकांक्षी योजना आए। शान्ति प्रक्रिया संग सम्बन्धित बिषयहरु महत्वपूर्ण भए पनि उत्साहजनक छैनन्। शहीद परिवारलाई १० लाख दिने भनिएको थियो, पहिला दिइसकिएको ५ लाखको कुरा आयो( जुन सुन्नमा मीठो भए पनि शहीद परिवारले थप पाउने छन जस्तो लागेन। पूर्व जनमुक्ति सेनाको हकमा भनिएको २ लाख पनि त्यहि बुझिन्छ। घाइतेहरुको हकमा राम्रो छ। बजेटले संघीयताबारे ठोस कार्यक्रमहरु ल्याएको छ( त्यो राम्रो छ। स्वास्थ्य सम्बन्धी केही कार्यक्रम राम्रा छन् ।आयतन बाहेक बजेट प्याटर्नमा नयॉपन छ रु बहस आवश्यक।’
त्यसैगरी जनयुद्धका क्रममा आफ्ना दाई र भाइ दुई जनालाई वेपत्ता पारिएका विद्यार्थी नेता सुरेन्द्र बस्नेत लेख्छन् ।
वजेटका कतिपय पक्ष राम्रै छन्।तर सहिद वेपत्ता परिवारलाई काइते कुरा गरेर नराम्ररी भ्रम छर्ने काम गरेछ। पुर्व घोषित रकम १० लाख हो।५ लाख सवैले पाइसकेका छन्।अनि त्यहि ५ लाखको वांकी रकम उपलब्ध गराउनेछु भनेर छारो हाल्ने काम सरासर किर्ते काम हो।सहिद वेपत्ता परिवारजनको संवेदनामा खेल्ने काम नगरियोस् ।
त्यसैगरी शहीद भरत ढुंगानाकी छोरी कविता ढुंगाना लेख्छीन, सरकारले अब सहिद बेपत्ता परिवारलाई परिचय पत्र दिने भो अहिले लाई यहि नै सहिद परिवारलाई असली राहत हुनेछ ।
माओवादी जनयुद्धमा सहभागि मकवानपुरकी महिला नेतृ लक्ष्मी माझी लेख्छीन्- वास्तविक गणतन्त्र प्राप्तिको लागि प्राण उत्सर्ग गर्ने सहिदहरु दस वर्षे द्वन्दमा मारिएका लडाकुको नाममा अपहेलित भैरहदा हामिलाई लज्जाबोध भैरहेको छ प्रचण्ड / किनकी नेतृत्व हुनुको नाताले जनयुद्ध र बलिदानको मुल्य र मान्यतालाई सस्थागत गर्न सकेनौं । १ हाम्रो रगत बैसमा उम्लिएको पानी थिएन । जनआन्दोलनमा पारिएका २४ बहेक सबै वाहियात हुन भन्छन गणतन्त्रका ब्याजेहरु। हामिलाई हाम्रो लगानीको हिस्सा चाहिएको छैन तिमेरु नै बाढेर खाउ । किनकी सहिदहरुलाई समान रुपले सम्मान गर वली , देउवा । जसले परिवर्तनको लागि प्राण त्याग गरे उनीहरू अब कहिल्यै खिचातानीको राजनीति गर्न फर्केर आउदैन ।यसर्थ माल्यार्पण गर्न हात कम्माउनु पर्दैन । के ती १४ हजार सहिदहरुको सम्मानित हुने हक छैन र ?
