मुलुकभर गणतन्त्र दिवस मनाईंदै, टुँडीखेलमा सरकारद्धारा बिशेष कार्यक्रमको आयोजना

1464396897aandolan (1)

काठमाडौं,१५ जेठ ।

नवौं गणतन्त्र दिवस आज विविध कार्यक्रम गरि मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आईएको छ । दिवसको अवसरमा सरकारले बिहान राजधानीको टुँडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु, नेपालस्थित कुटनितिक नियोगका प्रतिनिधिहरुको सहभागीता थियो । सो अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नूका साथै झाँकी समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक नेपालको मजबुत जग निर्माण गर्ने जनमुखी एवं लोकतान्त्रिक राज्य व्यवस्थाको सूत्रपात भएको युगान्तकारी क्षणका रुपमा गणतन्त्र दिवसलाई लिनुपर्ने बताएका छन् । मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन यतिबेला राष्ट्रिय एकता र संकल्पका साथ तीव्र प्रयास आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाई छ । उनले जारी समस्या समाधान गर्न वार्ता नै उपयुक्त माध्यम भएको बताए । तत्कालका लागि आर्थिक बिकासमा अघि बढ्ने गरी सवै समस्याको समाधान वार्ता र संवादबाट खोज्ने दिशामा लाग्न राजनीतिक दलहरुलाई आग्रह गरे।
यस वर्षको गणतन्त्र दिवस जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो हो । संविधानसभाबाट संविधान जारी हुनुलाई ठूलो उपलब्धि मानिए पनि संघीयता, धर्मनिरपेक्षा, समानुपातिक समोवशीता जस्ता जनआन्दोलनका उपलब्धि संस्थागत हुन भने बाँकी छ ।

यसैबीच, दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले आजको दिनले सबै नेपालीको राष्ट्रिय एकताको जगमा शान्त, समृद्ध, सन्तुलित र समावेशी लोकतान्त्रिक मुलुक निर्माणमा प्रेरणा मिल्ने कामना गरेकी छन् । उनले आम नेपालीको जीवनस्तर माथि उठाउनका लागि सामाजिक आर्थिक रुपान्तरणमा परिचालित हुन आग्रह समेत गरेकी छन् ।

यस्तै प्रधानमन्त्री ओलीले आधुनिक नेपालको मजबुत जग निर्माण गर्ने जनमुखी एवं लोकतान्त्रिक राज्य व्यवस्थाको सूत्रपात भएको युगान्तकारी क्षणका रुपमा गणतन्त्र दिवसलाई लिनुपर्ने बताएका छन् । आफ्नो शुभकामना सन्देशमा उनले गणतन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्ने सबै सहिदप्रति श्रद्धासुमन प्रकट गर्दै उनीहरुको सपना साकार पार्न सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल समेत गरे । मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन यतिबेला राष्ट्रिय एकता र संकल्पका साथ तीव्र प्रयास आवश्यक रहेको उनको भनाई छ ।

यस्तै गणतन्त्र दिवसका अवसरमा शनिबार बिहान सैनिक मञ्च टुँडीखेलमा आयोजित कार्यक्रममा भने पूर्व उपराष्ट्रपति परमानन्द झाले मञ्चमा बस्ने ठाउँ नै पाएनन् ।

शनिबार बिहान सरकारले आयोजना गरेको गणतन्त्र दिवस मनाउने कार्यक्रममा पूर्वराष्ट्रपति झा राष्ट्रिय पोशाकमा सजिएर मञ्चमा आइपुगेका थिए । तर उनलाई मञ्चमा बस्ने ठाउँ नभएपछि आफूलाई बस्ने ठाउँको व्यवस्था नगरिएको भन्दै रिसाएर तत्कालै फर्किए ।

कार्यक्रमबाट फर्किने क्रममा उपराष्ट्रपति झाले आफ्नो अवहेलना गरिएको गुनासोसमेत पोखे ।
फर्कन लागेका पूर्व उपराष्ट्रपतिलाई सरकारी अधिकारीहरुले फकाएर मञ्चमा राख्ने प्रयास गरेका थिए, तर उनीहरु असफल भए ।

सरकारले गणतन्त्र दिवसको अवसरमा टुँडीखेलमा औपचारिक समारोहको आयोजना गरेपनि खल्लो भएको छ ।