
संघिय गठबन्धनको बैठक बस्दै
काठमाडौ, १४ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागी बोलाएपछि यस विषयमा धारणा बनाउन संघिय गठबन्धनको बैठक बस्दैछ । बैठकमा आन्दोलनको समिक्षा पनि हुनेछ ।
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफ्ना सर्त पुरा नगरेसम्म वार्तामा नजाने विषयमा प्रष्ट भएपनि केही विषयमा धारणा बनाउनुपर्ने भएकाले बैठक बस्न लागेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन तीन पटक आह्वान गरेपनि गठबन्धन वार्तामा गएको छैन ।
दिउँसो ३ बजे संघिय समाजवादीको कार्यालय काठमाण्डुको तिनकुनेमा बोलाइएको बैठकमा भावी आन्दोलनका कार्यक्रममा विषयमा पनि छलफल हुनेछ । मोर्चाले काठमाण्डु केन्द्रित आन्दोलन जारी राखेपनि त्यसको कुनै प्रभाव परेको छैन ।
