विकाउ खेलाडीको लिस्टमा कोहली तेस्रो स्थानमा
एजेन्सी,१४ जेठ ।
भारतीय क्रिकेट खेलाडी विराट कोहलीले विश्वकै सबैभन्दा विकाउ खेलाडीको लिस्टमा फुटबल खेलाडी स्टार लियोनेल मेसी, रोनाल्डोलाई पछि पारेका छन्।
स्पोर्टस् प्रोले गरेको एउटा अध्ययनमा कोहली संसारकै तेस्रो विकाउ खेलाडी भएका छन्। उनी भन्दा माथि सबैभन्दा महंगा खेलाडी स्टीफन करी र युवेन्टसका फ्रान्सेली फुटबलर पौल पोग्बा छन्।
इन्डियन प्रिमियर लिग आइपिएलमा आफ्नो टिमलाई फाइनलमा पुर्याउन सफल कोहली रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान हुन्।
क्रिकेट दुनियाँमा सबैलाई पछि पारेका उनले सम्पूर्ण खेल जगतमै अगाडि देखिएका हुन्। उनले फुटबलका स्टार लियोनेल मेसीसंगै संसारका नम्बर एक टेनिस खेलाडी नोवाक जोकोविचलाई पनि पछि पारे ।
जोकोविक २३औं र मेसी २७औं स्थानमा पुगेका छन्। जबकि फर्राटा किङ उसेन बोल्ट ३१औं स्थानमा छन्। शीर्ष ५० मा भारतीय टेनिस खेलाडी सानिया मिर्जासमेत अटाएकी छन्।
खेल व्यापारबारे रिसर्च गर्ने कम्पनी स्पोर्ट्स प्रोका अनुसार तीन वर्ष यता बजारमा खेलाडीले देखाएको क्षमताका आधारमा उनले कमाउने पैसा, उमेर, घरेलु बजार, सुन्दरता र बजारमा देखिने इच्छा शक्तिलाई आधार बनाएको छ।
फर्मूला वान च्याम्पियन लुईस हैमिल्ट २०१४ मा शीर्ष स्थानमा थिए। यस पटक उनी आठौं स्थानमा पुगेका छन्। यस्तै ब्राजीली स्टार फुटबलर नेइमार २०१३ र २०१२ मा शीर्ष स्थानमा थिए।