नयाँ शक्तिमा संरचना विवाद/ मजदूर, विद्यार्थी र कर्मचारी संगठन बनाए पार्टी छाड्ने रामेश्वर खनालको धम्की

naya sakti

काठमाडौं,११ जेठ ।
नयाँ शक्तिमा संगठनात्मक संरचनाबारे गम्भीर सैद्धान्तिक विवाद देखा परेको छ । एमाओेवादीबाट अलग भएर नयाँ शक्ति बनाएका पुर्व माओवादी नेता डा.बाबुराम भट्टराईको नेतृत्वमा गठीत नयाँ शक्ति नेपालमा माओवादी र गैरमाओवादी तथा गैर राजनीतिक नेताहरुरुबीच पार्टीको सांगठनीक संरचनाबारे विवाद भएको हो ।
माओवादी पृष्ठभुमि भएकाहरुले पार्टीमा अन्य पार्टीको जस्तै माथिदेखि तलसम्म संरचना बनाउनुुपर्ने कुुरा राख्दैे आएका छन् भने माओवादी भन्दा भिन्न पृष्ठभुमिका र कर्मचारी पृष्ठभुमिका व्यक्तिहरुले फरक खालको संगठनात्मक संरचना बनाउनुपर्ने भन्दै विवाद झिकेका छन् ।
पुर्व सचिव तथा अर्थविद रामेश्वर खनालले कर्मचारी, विद्यार्थी, शिक्षक र मजदूरको संगठन बनाउन नहुने धारणा राखेका छन् । उनले मजदूर युनियन, विद्यार्थी संगठन , शिक्षक संगठन र कर्मचारी युुनियन बनाउने हो भने आफूले पार्टी छाड्ने धम्की दिइसकेका छन् भने माओेवादी पृष्ष्ठभुमि भएकाहरुले त्यो समुहमा संगठन नभए केही गर्न नसक्ने मत राख्दै आएका छन् ।

उनीहरुले ती संगठन पार्टीको मुख्य आधाार भएकाले बनाउनुपर्ने दवाव दिंदै आएका छन् ।यस विषयमा बाबुरामले भने स्पष्ट धारणा राख्न नसकेको एक केन्द्रीय सदस्यले बताए ।यस अघि पार्टीको झण्डा र लोगो निर्माण गर्दा पनि दुई पक्षबीच कडा विवाद भएको थियो । अन्त्यमा माओवादी पृष्ठभुमिका नेताहरुले पार्टी नै छाड्ने धम्की दिएपछि रातो भुई र तारा राख्न सकिएको थियो ।

त्यसैगरी कमीटि प्रणाली राख्ने की व्यक्तिकेन्द्रीत प्रणाली राख्नेमा पनि दुर्ई पक्षको ठूलो विवाद छ । गैर राजनीतिक पृष्ठभुमि भएकाले कमिटि प्रणाली राख्न नहुुने र एउटा व्यक्तिमा सबैलाई केन्द्रीत गर्नुपर्ने प्रस्ताव गरेका छन् भने माओेवादीबाट गएकाहरुले कमिटि प्रणाली हुनुपर्ने दवाव राख्दै आएका छन् ।

जेठ ३० गते पार्टी घोषणाको तयारी गरिरहेको नयाँ शक्तिलाई दुई पक्षबीचको   विवाद मिलाउन हम्मे परेको छ ।