“म एकता हु”
दधिराज घिमिरे, हाल बेलायत ।
कसैले मरेको लास भने पनि !
तिम्रो गालि गर्ने मुखलाई फुक्का छोडिदिएको छु ।
हिजोको एक्लेबिरसंग तिम्रो दम्म साटे पनि
मलाई कुनै फरक परेको छैन ।
किनकी म एकता हुँ
मैले त उहिल्यै नै रुढीवाद त्यागेको थिए
तिम्रा गाली भित्र पनि सम्भवाना देखेको थिए
त्यसैले त पुरानो भत्काएर नयाँ बनेको छु
नयाँ बनाउने अभियानमा जुटेको छु ।
त्यहि अभियानमा तिमि पनि जुट्ने छौं
एकताको हुरीमा समेटीएर आउने छौं
फेरी पनि तिम्रो गाली प्यारो लागी रहेको छ
समाजबादको बाटोले तिम्रो हात मागी रहेको छ ।
किनकी म एकता हुँ,
फेरी तिमीलाई भेट्ने बाचा गरिरहेको छु
तिम्रा ति आक्रोसलाई एकतामा बदल्ने दिन पर्खिरहेको छु
चाहे तिमि जे सुकै भन
आज सबै खुसि छन
लाखौ उत्पिडितहरुको हर्षको आसु देखिरहेको छु ।
खुसि छैनन त हिजो तिम्रो मुल्य तोक्नेहरु
तर त्यहि भिडमा तिमिलाई देखे पनि
मैले सहन गरेको छु
किनकी म एकता हुँ
यदि सक्छौं र हिम्मत भए
तिमि
गएर झुपडीमा सोध
सहिद बेपत्ता परिवारको मुटुलाई छाम
सहयोद्धा साथिहरुको भावनालाई बुझ
सवैको जवाफ हुनेछ
तिमिले एकतालाई भेट्यौं ?