सर्बदलीय वैठकमा मधेशी मोर्चाका मागबारे छलफल
काठमाडौं,११ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय वैठकमा मधेशी मोर्चाका मागका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री ओलीले बोलाएको सर्बदलीय वैठकमा मोर्चाका नेताहरु सहभागी नभएपनि उनीहरुको मागका बारेमा छलफल भएको हो ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको वैठकमा प्रतिपक्ष कांग्रेसले मधेशी मोर्चालाई वार्तामा ल्याउन सरकारले पहल गर्नुपर्ने बताएको छ ।
उसले मधेशी मोर्चाका मागका बारेमा सरकार गंभिर हुनुपर्ने बताएको हो । प्रधानमन्त्रीले बोलाएको सर्बदलिय वैठकमा सत्ता साझेदार सबैदल र प्रतिपक्ष कांग्रेस सहभागी भएका थिए । मोर्चा भने सरकारको पत्रका बारेमा छलफल नगरेकोले वैठकमा सहभागी नभएको हो ।
