
प्रधानमन्त्रीले बोलाए सर्बदलीय वैठक
काठमाडौं,१० जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका मुद्धा सम्बन्धमा छलफल गर्न भोली सर्वदलीय बैठक बोलाएका छन् । सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भोली विहान साढे १० बजे सर्बदलीय बैठक आव्हान भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । बैठकमा व्यबस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दललाइ निमन्त्रणा गरिएको छ । बैठकमा मधेशी मोर्चाले उठाएका मागबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा मधेसी मोर्चा समेत सहभागी हुने मोर्चा आवद्ध दल सद्भावनाका महासचिव मनिष कुमार सुमनले बताए । प्रधानमन्त्री वार्ताका लागि सकारात्मक भएकाले सर्बदलिय बैठकमा सहभागी हुने उनको भनाई छ । मोर्चामा आवद्ध सबै दल समस्या समाधानका लागि वार्ताबाट अघि बढन तयार भएका छन् ।
