यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विवाहमा झगडा हुँदा एक युवकको मुत्यु. विवाहमा झगडा हुँदा एक युवकको मुत्यु. भोजपुर, १० जेठ ।. विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ ।. खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो । गत जेठ ६ गते बिहीबार राति करिब १ बजेतिर विवाहस्थलमै झगडा हुँदा राई गम्भीर घाइते भएका थिए ।. उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा शुक्रबार बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।. हत्या आरोपमा खैराङका आठजना पक्राउ परेका छन् । पक्राउ परेका आरोपीलाई आइतबार सदरमुकाम ल्याई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।. हत्याका आरोपीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । रासस.
विवाहमा झगडा हुँदा एक युवकको मुत्यु
भोजपुर, १० जेठ ।
विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ ।
खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो । गत जेठ ६ गते बिहीबार राति करिब १ बजेतिर विवाहस्थलमै झगडा हुँदा राई गम्भीर घाइते भएका थिए ।
उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा शुक्रबार बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा खैराङका आठजना पक्राउ परेका छन् । पक्राउ परेका आरोपीलाई आइतबार सदरमुकाम ल्याई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हत्याका आरोपीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । रासस