नेकपा माओवादी केन्द्रको वैठक शुरु

काठमाडौं,९ जेठ ।

नेकपा माओवादी केन्द्रको वैठक शुरु भएको छ ।माओवादी केन्द्रको पार्टी एकीकरणपछि पहिलो पटक बस्न लागेको बैठकले पदाधिकारी चयनसहित नेताहरुको कार्यविभाजन गर्ने बताइएको छ ।

बैठकले पदाधिकारी चयनसहित केन्द्रीय सचिवालय गठन गर्दै नेताहरुको कार्यविभाजन गर्ने माओवादी केन्द्रले जनाएको छ । आजको बैठकले केन्द्रीय समितिलाई पूर्णता समेत दिनेछ । गत जेठ ६ गते एकीकृत माओवादीसहित १० माओवादी घटकबीच एकता भएपछि केन्द्रीय समिति ६ सय ९९ सदस्यी हुने घोषणा गरिएको थियो । आगमी चैत्रभित्र महाधिवेशन गर्ने गरि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिएको छ ।

राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड बैंकेटमा शुरु भएको वैठकमा  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँ परीचालन नीतिको योजना प्रस्तुत गर्ने बताईएको छ । माओवादी केन्द्र अब स्थानीय निर्बाचनको तयारीमा केन्द्रित हुने भएको छ ।