
नेपालमा भूमिसुधार लागू गर्न निकै चुनौतीपूर्ण -कृर्षि मन्त्री गजुरेल
काठमाडौ, ९ जेठ ।
कृर्षि विकास मन्त्री हरिबोल गजुरेलले भूमिसुधारबिना कृषिमा गुणात्मक विकास सम्भव नहुने भएपनि नेपालमा भूमिसुधार लागू गर्न निकै चुनौतीपूर्ण रहेको बताएका छन्।
मन्त्री गजुरेलले आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा भूमिसुधार सम्बन्धमा २०५१ सालयता बनेका आयोगले दिएका प्रतिवेदन दराजमा थन्किएर बसेको अवस्थामा भूमिसुधार होला भनेर विश्वास गर्न नसकिने बताए।
यसअघि भूमिसुधार आयोगको अध्यक्षको रुपमा काम गरेर सरकारलाई प्रतिवेदन बुझाएका मन्त्री गजुरेलले यसको प्रक्रिया निकै जटिल रहेको भन्दै भूमिसुधारलाई पर्खे कृषि क्षेत्रको विकास अझै पछाडि पर्ने बताए।
मन्त्री गजुरेलले भूमिसुधार सम्बन्धमा विभिन्न आयोगले दिएका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नरहेकाले सरकारले कृषकलाई दिइने सुविधा बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने बताए। उनले कृषकलाई दिइने सुविधा सम्बन्धी कार्यक्रम बारे भने प्रष्ट पारे।
