पार्टी कार्यालयमा नअटेपछि माओवादी केन्द्रको वैठक पार्टी प्यालेशमा

काठमाडौं,९ जेठ ।

maoist office

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज राजधानीको एक पार्टी प्यालेशमा बस्दैछ । माओवादी केन्द्रको केन्द्रिय समिति नेपालको संबिधान सभाभन्दा ठुलो भएपछि वैठक पार्टी प्यालेशमा बस्न लागेको हो । नेपालको संबिधान सभा ६ सय १ थियो । माओवादी केन्द्रको केन्द्रिय समिति ६ सय ९९ सदस्यीय बनाउने निर्णय छ । माओवादी केन्द्रको केन्द्रिय समिति ठुलो भएपछि सर्बत्र आलोचना भएको छ ।

पार्टी एकीकरणपछि पहिलो पटक बस्न लागेको बैठकले पदाधिकारी चयनसहित नेताहरुको कार्यविभाजन गर्ने बताइएको छ । बैठकले पदाधिकारी चयनसहित केन्द्रीय सचिवालय गठन गर्दै नेताहरुको कार्यविभाजन गर्ने माओवादी केन्द्रले जनाएको छ ।

आजको बैठकले केन्द्रीय समितिलाई पूर्णता समेत दिनेछ । गत जेठ ६ गते एकीकृत माओवादीसहित १० माओवादी घटकबीच एकता भएपछि केन्द्रीय समिति ६ सय ९९ सदस्यी हुने घोषणा गरिएको थियो । आगमी चैत्रभित्र महाधिवेशन गर्ने गरि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिएको छ ।

महाधिवेशन आयोजक समितिको बैठक दिउँसो ३ बजे राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड बैंकेटमा बस्नेछ । एकीकरण पश्चात बनेको जम्बो केन्द्रीय समितिलाई कोटेश्वरस्थित कार्यालयमा स्थान अभाव हुने भएपछि पार्टी प्यालेसमा बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँ परीचालन नीतिको योजना प्रस्तुत गर्ने बताईएको छ । माओवादी केन्द्र अब स्थानीय निर्बाचनको तयारीमा केन्द्रित हुने भएको छ ।