शहीद वेपत्ता परिवारलाई उच्च प्राथमीकता, तामाकोशीमा ५ लाखको शेयर लागु गरिने- प्रचण्ड

bepatta netaharu prachanda bepattaकाठमाडौं, ७ जेठ ।
राज्यद्वारा वेपत्ता पारिएका नागरिकको सम्झानामा स्थापित वेपत्ता दिवसमा माओवादी नेताहरु स्तव्ध देखिएका छन् । माओवादी आस्थाका आधारमा तत्कालिन राज्यले गिरफ्तार गरि वेपत्ता पारिएका नेता कार्यकर्ताको सम्झनामा हरेक वर्ष जेठ ७ गते माओवादीहरुले वेपत्ता स्मृति दिवस मनाउँदै आइरहेका छन् ।
दशवटा माओवादी दल र समुहहरु एकीकृत भई नेकपा माओवादी केन्द्र बनेको भोलीपल्ट पुर्व एमाओवादी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित एकतामा सहभागि नेता , नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, मातृका यादव, पम्फा भुषालससहितका नेताहरु सहभागि भएका छन् ।
कार्यक्रमलााई सम्वोधन गर्दे प्रचण्डले आफूहरु नितान्त नयाँ अनुभव र विचाररसहित एकतावद्ध भएको बताए । उनले यसलार्य सामान्य जोडघटाउ नभएर नयाँ अभियानको थालनीको रुपमा लिनुपर्ने बताए ।
माओवादी नेता कार्यकर्ताहरु पूर्ण आंशीक र ज्युँदोे शहीदको रुपमा भएको बताउँदै प्रचचण्डले आफूहरु पनि संयोगले रहेको बताए ।
प्रचण्डले हिजो मात्रै घोषणा भएको नयाँ केन्द्रलाई साँच्चै नै नयाँ स्थापना भएको बताए । उनलले सबै वेपत्ता योद्धा र शहीदलाई स्मरण गर्दे हिजोका कमी कमजोरीलाई दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरे ।
प्रचण्डले आगामी बजेटमा शहीद वेपत्ता परिवारलार्य दिने भनिएको १० लाख मध्ये ५ लाख बराबरको शेयर तामाकोशीमाा राख्ने व्यवस्था लागु गरिने स्पष्ट पारे । उनले भने, १० लाखको कुरा शहीद र वेपत्ताको परिवारको लागि मेरो पहिलो क्याविनेटको निर्णय थियो । अहिले हामीले त्यसलाई पुरा गराउनेछौं । उनले घाइते अपांगको भत्ता वढाईने र जनमुक्ति सेनाका लागि दिइने भनिएकाो भत्ता पनि दिइने जानकारी दिए । प्रचण्डले अर्थमन्त्रीको हवाला दिंदै सत्य निरुपण र वेपत्ता आयाोगले गर्ने कामको बाहेक अरु सबै कामको सम्बोेधन हुने बताए ।
उनले पार्टी ठूलो बनाउनुपर्ने आवश्यकता र वाध्यता दुबै भएको बताए । उनले भने, कार्यक्रम, योजना र संल्पकको दृष्टिले यो सानो हुन आउँछ । प्रत्येक गाउँमा एक जना केन्द्रीय सदस्य गाउँमा बस्ने हो भने सानो तर काठममाडौमा वस्ने हो भने घाँडो हुनेछ । हामी गाउ र शहहरका टोल टोल र गाउगााउमा गएर कमीट बनाउँछौं ।
प्रचण्डले पहिला शहीद वेपत्ता घाइते योद्धालाई पहिलो प्राथमीकता दिइनेछ । प्रत्येक बैठकमा शहीद र वेपत्रा सम्झने संस्कृतिको निर्माण गरिरनेछ । साथै उनले पार्टीको काममा गाउँ गाउँमा जाँदा पहिला शहीद वेपत्ता परिवारलाई भेटेर मात्रै अरु काम शुरु गरिने बताए ।
कार्यक्रममा शहीद वेपत्ता परिवारहरु सहभागि भएका थिए ।