
विप्लव नेतृत्वको माओवादीले राजधानीमा जनसभा आयोजना गर्दै
काठमाडौं,७ जेठ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज शुक्रबार राजधानीमा जनसभा आयोजना गर्दैछ ।
जनसभालार्इ महासचिव नेत्रविक्रम चन्द विप्वलले संवोधन गर्ने कार्यक्रम तय भएको विप्लव माओवादीले जनाएको छ । जनसभालाई प्रभावकारी बनाउन भन्दै विप्लव माओवादीले देशभरिबाट आफ्ना कार्यकर्ता र समर्थक जनतालाई काठमाडौं उतारेको छ । जनसभालाई व्यवस्थित गर्न राष्ट्रिय युवा जनस्वयवेकका युवाहरु खटिएका छन् ।
जनसभालाई प्रभावकारी बनाउन उसले लैनचौर, कंलकी(कालिमाटी, कोटेश्वर(बबरमहल, कुपण्डोल, चाहविल लगायतका ठाउँबाट र्याली निकाल्ने तयारी गरेको छ ।
