फिचर रिपोर्ट : दश माओवादी समुह मिलेर बन्यो नेकपा (माओवादी केन्द्र) / माओवादीले अर्को ठूलो चमत्कार गर्ने – प्रचण्ड, भिडियोसहित

maoist-unity-750

काठमाडौं, ६ जेठ ।

१० वर्षे शसस्त्र जनयुद्धमार्फत देशमा गणतन्त्र स्थापना गर्न सफल नेकपा माओवादी विभाजनको श्रृंखला शुरु भएको करिब १० वर्षपछि १० वटै पार्टी जुटेर नेकपा कम्युनिष्ट केन्द्र निर्माण गरेका छन् । जनयुद्धका मुल मुद्धामा सहमत भएका तर जनयुद्ध संचालनमा सहभागि नभएका केही सहित १० वटा माओवादी धाराहरुको एकतापश्चात बनेको नयाँ पार्टीको अध्यक्ष बनेपछि प्रचण्डले भने यो विश्वमा विरलै हुने घटनामध्ये एक हो ।
आफ्नै नेतृत्वमा भएको पार्टी फुटेर टुक्रा टुक्रा भएको र आफ्नै नेतृत्वमा फेरी एक ठाउमा आउने कुरालाई चमत्कार भएको भन्दै प्रचण्डले अब फेरी माओावदीले अर्को ठूलो चमत्कार गर्ने घाणा पनि गरे । करिब ५ हजार नेता कार्यकर्ता र शुभचिन्तकको उपस्थितिका बीच प्रचण्डले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्रले स्थानिय देखि केन्द्रीय सबै सत्तामा कब्जा जमाउने उद्घोष पनि गरे । सदन सडक र सरकारको
राजधानीको बबरमहलस्थित डाडामा रहेको कार्की पार्टी प्यालेसको हलमा प्रचण्डले बोल्दै गर्दा बाहिर प्रांगणमा टनाटन कार्यकर्ता र शुभचिन्तकहरु पानीमा निथ्रुक्कै भिजेर प्रचण्डको सम्बोधन ३६० इन्चको एलइडि डिस्प्लेमा हेरिरहेका थिए ।
प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा सामन्तबादको नाइके राजतन्त्रको अन्त्य गरेपनि सामन्तबादको अवशेष बाँकी रहेको र पार्टीको नेतृत्वमा ती अवशेषको अन्त्य गरी समाजवादमा लैजाने बताईरहँदा समर्थकहरुले पानीको पर्वाह नगरी ताली पड्काएका थिए ।

किरण र डा. बाबुराम भट्टराईलाई एकतामा आउन आह्वान

उनले मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईलाई एकतामा आउन आह्वान गरे । उनले बाबुरामलाई कमरेडको संवोधन गर्दै जनयुद्धमा बाबुरामै आदेशमा धेरै घटनाहरु भएको ले एकतामा सँगै आएर बहस गर्न आग्रह गरे । उनले भने म हाम्रो कमरेड बाबुरामलाई पनि आव्हान गर्छु किरणी जिलाई पनि आव्हान गर्छू तपाईहरु आउनुहोस, एकतावद्ध भएर बहस गरौं जनताका जनजीवन र राष्ट्रको पक्षमा लडौं ।
प्रचण्डले सामान्तबादको नाईकेको अन्त्य भएपनि यसको अबशेष वाँकि रहेकोले सामान्तवादको अवशेष अन्त्य गर्न नयाँ कार्यदिशा निर्माण गर्दै अघि बढ्नु माओवादीहरुको कर्तव्य भएको बताए ।
माआवादीलाई एक्ल्याएर वा पराजीत गरेर राजतन्त्र ल्याउनेहरुको मृत्युको घण्टी बजीसकेको बताउँदै प्रचण्डले राजतन्त्रको वकालत गर्नेहरुलाई चुनौति दिदै भने , ‘राजतन्त्र ल्याउने सपना देख्नेहरुको मृत्युको दिन शुरु भईसकेको छ ।

prachand ekata

आँसु पुछ्न आफ्नो पार्टी घरघरमा

उनले शहीद परिवारका आँशु झाने दिन सकिएको र उनीहरुका आँसु पुछ्न आफ्नो पार्टी घरघरमा आउने आश्वासन दिए । त्यस अघि बैद्य माओवादी बाट विद्राह गरी नेकपा क्रान्तिकारी माओावदीका अध्यक्ष बादलले एकता प्रक्रियामा सामेल हुँदै गर्दा आफूहरु शहीद र वेपत्ताको आँशु पुछ्न र सहीदको सपना पुरा गर्न एकतावद्ध भएको घोषणा गरेका थिए ।
एकता प्रक्रियामा सामेल भएर बाहिर निस्कँदै गर्दा एमाओवादरु सहित सबै उकतमा आएका पाटीउृका नेताहरुको मुहार हँसिलो देखिएको थियो ।

बबरमहल क्षेत्र राताम्मै
माओवादी एकताको घोषणा साभ स्थल बबरमहल क्षेत्र माओवादीका हँसिया हतौडा अंकित राता झण्डाहरुले रंगिएको थियो । बबरमहल क्षेत्र पुरै राताम्मै थियो । कार्यक्रममा सहभागि हुन आएका माओवादी नेता कार्यकर्ताका सवारी साधन र समुहले गर्दा बबरमहर क्षेत्रको ट्राफिक व्यवस्था समेत पुरै अस्तव्यस्त बनेको थियो ।

रोचक कुराहरु पनि
माओवादी एकता घोषणा सभामा एकतामा सहभागि भएका दलहरुबाट केन्द्य्ीय सदस्यको रुपमा सहभागि व्यक्तिहरु एमाओवादीका पुराना नेता कार्यकर्ता भन्दा जुनियर भएको चर्चा गर्दे नेता कार्यकर्ताहरु कानेखुशी गर्दै थिए । कतिपय नेता तथा कार्यकर्ताहरु आफ्ना बच्चाहरुसमेत काखमा बोकेर सहभागि हुन आएका थिए । कार्यक्रमस्थल साँघुरो भएकाले सडक र चोकहरुमा समेत छरपष्ट थिए । पानी परेपछि कुर्चि ओढेरै भएपनि प्रचण्डको सम्वोधन डिस्प्लेमा हेरिरहेको देखिन्थ्यो ।