
भोलिदेखि दैनिक १ घण्टा लोडसेडिङ कम हुने
काठमाडौं,६ जेठ ।
नेपाल विद्युत प्राधिकरणले भोलिदेखि दैनिक १ घण्टा लोडसेडिङ घटाउने भएको छ। नदीहरुमा पानीको वहाव बढेसँगै विद्युत उत्पादन बढेपछि प्राधिकरणले लोडसेडिङ घटाउन लागेको हो।
औपचारिक रुपमै तालिका निकालेर भोलिदेखि लोडसेडिङ घट्ने प्राधिकरणले जनाएको छ। प्राधिकरण भार प्रेषण केन्द्रका निर्देशक भुवन क्षेत्रीले भोलिदेखि दैनिक १० घण्टा मात्रै लोडसेडिङ हुने सेतोपाटीलाई बताए।
‘हाल ११ घण्टा कायम रहेको लोडसेडिङ भोलिबाट १ घण्टा घटाउँछौँ, त्यसपछि पुरा क्षमतामा विद्युत उत्पादन हुन थालेपछि लोडसेडिङ अझै घट्छ’ उनले भने।
