
माओवादी एकता समारोहको ३६० इन्चको डिजीटल पर्दावाट प्रत्यक्ष प्रसारण
काठमाडौं,६ जेठ ।
आज हुने माओवादीहरुको एकता घोषणा सभाको सर्बसाधारणले अवलोकन गर्ने गरि व्यवस्था मिलाईएको छ ।
कार्की पार्टी भेन्युको प्रांगण बबरमहलवाट ३६० इन्चको डिजीटलवाट एकता समारोहको जनसमुदायले सहजै अवलोकन गर्न सक्ने गरी प्रत्यक्ष प्रसारण गरिने ब्यवस्था मिलाइएको छ ।
यस्तो व्यवस्था काठमाडौ जिल्लाको व्यवस्थापनले गरेको बताईएको छ । माओवादीहरुको एकता ३ बजे हुँदैछ ।
