
माओवादी पार्टीहरुको एकता अधिवेशन वैठक सुरु , ३ बजे पार्टी एकता घोषणा सभा
काठमाडौं, ६ जेठ ।
एकता घोषणा सभा हुनु अघि अहिले ५ माओवादी पार्टीहरुको एकता अधिवेशन वैठक चलिरहेको छ ।
एकता अधिवेशन वैठकमा एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको पुनर्गठित नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादी विद्रोही समूह लगायत महिला नेतृ जयपुरी घर्ती पनि सहभागी छन् ।
पार्टी एकिकरणको पूर्वसन्ध्यामा अहिले एकता अधिवेशन बैठक चलिरहेको हो ।
माओवादीहरुबीच दिउँसो ३ बजे पार्टी एकता घोषणा सभा हुँदैछ ।कार्की पार्टी प्यालेस, बबरमहलमा जारी बैठकको संचालन मणी थापाले गरिरहेका छन् ।
