
अन्ततःमातृका पनि आए एकतामा
काठमाडौं, ६ जेठ ।
मातृका यादव नेतृत्वको नेकपा माओवादी पनि एकतामा आएको छ । आज हुने माओवादी पार्टीहरुबीचको एकता समारोहमा मातृका यादव नेतृत्वको माओवादी पनि एकता गर्न तयार भएको हो ।
मातृका यादवले यसअघि मञ्चमै पनि एकता हुनसक्ने बताएका थिए । आज हुने एकता समारोहमा एमाओवादी, नेकपा क्रान्तिकारी माओवादी , मणी थापा नेतृत्वको माआवादी र यादव नेतृत्वको माओवादीबीच एकता हुने भएको हो ।
साथै विप्लब नेतृत्वको माओवादीका पोलीटव्यूरो सदस्य सहीत दर्जन बढी नेताहरु र जयपुरी घर्ती सहीत नेताहरु एकतामा सहभागी हुने बताईएको छ ।
