बसले किच्दा एक जनाको ज्यान गयो
रसुवाको चिलिमेबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले किच्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा हाकु गाविस-३ घर भई हाल धुन्चे स्थित विस्थापित क्याप्पमा बस्दै आएका १९ वर्षका विवराम तामाङको उपचारको क्रममा ज्यान गएको हो ।
बा २ ख ८४२१ नम्बरको बसमा यात्राको क्रममा एक्कासी ढोकाबाट हाम्फाल्दा पछाडीको चक्काले किचेको प्रहरीले बताएको छ । घाइते भएका तामाङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायव उपरिक्षक अवदेश विष्टले बताए। सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।