
एनआरएनएले नेपालको पर्यटन लागि अतिथि देवो भवः अभियान सञ्चालन गर्ने
गैरआवासीय नेपाली संघ एनआरएनएले नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर अतिथि देवो भवः अभियान सञ्चालन गर्ने भएको छ । यो अभियानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सघाउने छ।एनआरएनएका उपाध्यक्ष भवन भट्ट र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अतिथि देवो भव अभियान सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल उपस्थित थिए । मन्त्री पोखरेलले यो अभियानका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । उपाध्यक्ष भट्टको अध्यक्षतामा एनआरएनएले पर्यटन प्रवद्र्धन नेपाल कमिटि गठन गरेको छ । अतिथिलाई देवता मानेर सम्मान सत्कार गर्न अतिथि देवो भव भनिएको र यसलाई नेपाली समाजमा पुनःस्थापित गर्नुपर्ने भएकोले संसारभर यो अभियान सञ्चालन गर्न लागिएको जानकारी कार्यक्रममा दिईयो ।
