पहिले खानेपानी र ग्याँस दिने की रेल र पानी जहाज गुडाउने ओली ज्यू ?

kp oli

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले एमालेको अध्यक्ष निर्वाचित हुने वित्तिकै भनेका थिए की मेरो धेरै समय छैन , जे गर्छु सबैले सम्झने गरी गर्छु । ओली एमालेको अध्यक्षमात्रै बनेनन् नेपालको कार्यकारी प्रमूख प्रधानमन्त्री पनि बने । संसदको भारी बहुमतका साथ बाम गठबन्धनबाट प्रधानमन्त्री बनेपछि फेरी ओलीले भने म अरु जस्तो हावादारी कुरा गर्ने होइन जे भन्छु त्यो गरेर देखाउँछु । पार्टी र सरकार दुबैलाई एक नम्बर बनाउँछु । ओलीले प्रधानमन्त्री बन्ने वित्तिकै नेपालमा भारतको अघोषित नाकावन्दी थोपरियो र करिब ५ महिना नेपाली जनजिवनलाई थिलोथिलो बनायो ।

लोडसेडिंगको सेडुअल दैनिक बढिरहेको बेलामा ओलीले भने एक वर्ष भित्र लोडसेडिंग पूर्ण रुपमा अन्त्य हुन्छ मात्रै होइन, तपाईले विजुलीमै सबै काम गर्न पाउनुहुन्छ । उनले लोड सेडिंग अन्त्यको लागि हावाबाट डाँडाडाँडामा विजुली निकाल्ने योजना सुनाए । दैनिक १८ घण्टा लोडसेडिंगको मारमा आक्रान्त नेपाली समाज खित्का छाडेर हाँस्यो र भन्यो ओलीका हावादारी गफ ।

भुकम्पले थिलोथिलो भएर भर्खर उठ्न खोजेको नेपाली समाज र दिनचर्यालाई ओली प्रधानमन्त्री बनेपछि भारतीय नाकावन्दीले थप आहत गराइदियो । नाकाबन्दीले नेपालमा इन्धनको चरम संकट देखा पर्यो । जनताको चुलो बल्न छाड्यो, महंगीले आकाश छोयो । कालाबजारी र भ्रष्टाचार व्याप्त भयो । फेरी ओलीले भने नाकावन्दीले आत्तिनुपर्दैन , तपाईहरुको घरको किचेनमा ग्याँसका पाइप जोडिदिन्छु । लोडसेडिंगको सेडुअल दैनिक बढिरहेको बेलामा ओलीले भने एक वर्ष भित्र लोडसेडिंग पूर्ण रुपमा अन्त्य हुन्छ मात्रै होइन, तपाईले विजुलीमै सबै काम गर्न पाउनुहुन्छ । उनले लोड सेडिंग अन्त्यको लागि हावाबाट डाँडाडाँडामा विजुली निकाल्ने योजना सुनाए । दैनिक १८ घण्टा लोडसेडिंगको मारमा आक्रान्त नेपाली समाज खित्का छाडेर हाँस्यो र भन्यो ओलीका हावादारी गफ ।
ओलीले बोल्ने हरेक शव्द र बाक्यहरु उखान टुक्कामय हुने गरेका थिए । एमालेको नेता हुँदा होस वा एमालेको अध्यक्ष हुँदा वा प्रधानमन्त्री हुँदा उनको नानीमा लागेको बानी झै उखान टुक्का र हँसी मजास गर्ने उनको बानीले श्रोतालाई रोचकता त दिएकै छ तर पनि व्यवहारिकताको कसीमा उनका भनाई जाँच्दा ती साँच्चै जोक नै हुन् की भने भान हुने गरेको छ । लोकले ओलीको बोलीलाई हावादारी भनीरहेका बेला ओलीले चिनसँग केही सम्झौता गरेर त्यसमा नेपालसम्म रेल ल्याउने सम्झौता पनि भयो । ओलीले भने हेर्नुहोला एक वर्षमा काठमाडौंमा रेल गुड्नेछ ।

मंगलबार एक कार्यक्रममा हिन्द महासागर र प्रशान्त महासागरमा नेपालको झण्डा फहराएको पानीजहाज हुनेछ भन्ने अभिव्यक्ति दिए । ओलीको उक्त घोषणा र अभिव्यक्तिले फेरी नेपालको माहौल ततायो

प्रधानमन्त्री ओलीले आफ्नो महत्वाकांक्षी योजना सार्वजनीक गर्ने क्रम रोकेका छैनन् । सरकारको नीति कार्यक्रममा नपरेका र उल्लेख नभएका कतिपय महत्वाकांक्षी योजनाहरु ओलीले आफ्ना भातृ संगठनका कार्यक्रम र अन्यत्र पनि सार्वजनीक गरिरहेका छन् त्यसैको पछिल्लो कडिको रुपमा उनले मंगलबार एक कार्यक्रममा हिन्द महासागर र प्रशान्त महासागरमा नेपालको झण्डा फहराएको पानीजहाज हुनेछ भन्ने अभिव्यक्ति दिए । ओलीको उक्त घोषणा र अभिव्यक्तिले फेरी नेपालको माहौल ततायो । नेपाल मात्रै होइन विश्वभर रहेका नेपालीहरुलाई यस खबरले तरंगीत बनायो र सामाजीक संजालको उपयोग र दुरुपयोग गर्दै ओलीको उक्त अभिव्यक्तिमाथि शव्दको पर्रा वर्साउन थाले । उनको अभिव्यक्ति महत्वाकांक्षी योजना हो की पूरा गर्न सक्ने ल्याकत छ भन्ने कोणबाट विश्लेषण र टिका टिप्पणीहरु हुन थाले । कतिपयले यसलाई हावादारी गफ भने कतिपयले यसलाई आलोचनात्मक समर्थन गर्दै लेखे भने कतिपय उनका प्रशंसकले यसलाई राष्ट्र निर्माण र विकासको लागि कोशे ढुंगाको रुपमा चित्रण गरे ।

कम्तीमा जनताको आधारभुत समस्याको हल कसरी गर्ने भन्ने कुरामा ध्यान देऊ प्रधानमन्त्री ज्यु । जनताको वास्तविक समस्याको पहिचान गर र त्यसको हल गर्ने विधी तय गर र आम जनपरिचालन मार्फत देश विकासको मार्ग कोर ।

के ओलीले भने जस्तै हावाबाट विजुली, एक वर्षभित्र लोडसेडिंगको अन्त्य, किचेनमा ग्याँसको पाइप जोड्ने, काठमाडौंमा एक वर्षभित्र रेल र हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजावाहक पानीजहाजको योजना पुरा हुने योजना हुन् ? के तिनिहरु राष्ट्रको गौरवशाली योजनाभित्र समेटिएका योजनाहरु हुन् ? के राष्ट्रिय योजना आयोग र सरकारी संयन्त्रले यसबारेमा कुनै होमवर्क र अध्ययन अनुसन्धान गरेका छन् त ? वा तिनीहरुबाट आएका संस्लेषणको आधारमा बोलेका हुन् त के पी ओलीले । उनले बोलेका कुरामा उनकै कर्मचारी संयन्त्रले हाँसोमा उडाइरहेको छ, संयन्त्रमा कुनै परिवर्तन नगरी र संरचनागत रुपमा यथास्थितिवादमै रहेर कसरी हुन्छ त ओलीका योजना पुरा ? जनताहरुका भुकम्पले भत्किएका घरहरुको निर्माण हुन सकेको छैन, पालमा बसेका पीडितहरु हावाहुरीले पाल उडाउँदा विचल्ली भएका समाचारहरु आइरहेका छन् । काठमाडौं र दुरदराजका वस्तीमा जनताहरु खानेपानीको अभावमा पिल्सीएका वेला ओलीका यी सपनाहरु पुरा गर्ने कुनै आधार देखिंदैन । कम्तीमा जनताको आधारभुत समस्याको हल कसरी गर्ने भन्ने कुरामा ध्यान देऊ प्रधानमन्त्री ज्यु । जनताको वास्तविक समस्याको पहिचान गर र त्यसको हल गर्ने विधी तय गर र आम जनपरिचालन मार्फत देश विकासको मार्ग कोर ।