
संघिय गठबन्धनको आन्दोलन फितलो
काठमाडौं, ५ जेठ ।
नयाँ संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धनको आन्दोलन फितलो बनेको छ । ४ महिनाबढी भारतले गरेको अघोषीत नाकाबन्दीलाई साथ दिदै आन्दोलन गरेका मधेशी दलहरु शनिबारदेखी राजधानीमा आन्दोलन गर्न कस्सीएका थिए ।
उनीहरुको आन्दोलन संघीय गठबन्धनको नाममा चलिरहेको छ । तर आन्दोलनमा देखिएको उपस्थितिले उनीहरुको आन्दोलन फितलोे र प्रभावहीन बनेको देखिएको छ । आदिबासी जनजाती सहीतको संघिय गठबन्धनको आन्दोलन अहिले राजधानी केन्द्रित भएपनि त्यो प्रभावकारी नहुने सरकारको दाबी छ ।
२ दिन सिंहदरबार घेराउ र १ दिन बालुवाटार घेराउपछि आज रत्नपार्क्स्थित शान्तिबाटिकामा संघिय गठबन्धनले सभा गर्ने भएको छ ।सभाबाटै उसले थप १० दिने आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताईएको छ । आज गरिने सभा दिउँसो १ बजे हुनेछ । सभालाई गठबन्धनमा आवद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
यसअघि बालुवाटार घेराउमा प्रदर्शनकारीमा अधिकांश मधेसी महिला थिए । गठबन्धनमा आवद्ध दलले आन्दोलनमा सहभागी गराउन उनीहरुलाई काठमाडौं ल्याएका हुन् ।
