म छलफलमै छु, मञ्चमा बोल्दै गर्दापनि हुनसक्छ एकता– मातृका यादव
काठमाडौं, ४ जेठ ।
माओवादी शक्ति र समुहहरुबीच एकताको अन्तिम गृहकार्य भईरहँदा एकताको लागि धेरै नै मिहीनेत गरेका एक नेता तथा नेकपा माओवादीका संयोजक मातृका यादव पर्दा पछाडि परेका छन् । माओवादीबाट अलग भई सबैभन्दा पहिले फरक पार्टी निर्माण गरेका यादव तत्कालिन नेकपा माओवादीका पोलिट्व्युरो सदस्य रहेका थिए ।
पार्टीले सर्वहारावर्गाीय राजनीति र जिवनशैलि छाडेको आरोप लगाउँदै माओवादी परित्याग गरेका यादव माओवादीहरुबीच एकता अपरिहार्य रहेको बताउँछन् । उनी बादल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मणी थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी जयपुरी घर्ती र विप्लव नेतृत्वको माओवादीका केही केन्द्रीय सदस्यबीच जेठ ६ गते हुँदै गरेको एकता प्रक्रियामा सहभागि हुने संभावना अझै बाँकी रहेको बताउँछन् ।
मूलखबर डट कम संग कुरा गर्दे यादवले भने म एकताको विरोधी हैन । तर उनले क्रान्तिकारी इमान्दारीता र निष्ठासहितको एकताको पक्षपाती रहेको बताए । अरु जस्तो जे गरेर पनि एकता भन्ने पक्षमा आफू नरहेको बताउँदै उनले नेपाली जनता र क्रान्तिकारी माओवादी जनतालाई निरास नहुन अपील गर्दे मधेशबारे एकता संयोजन समितिले स्पष्ट धारणा ल्याउनुपर्ने बताए । मधेश के हो, मधेश आन्दोलनबारे के भन्ने हो त्यसलाई समर्थन गर्न पाउने की नपाउने लगायतका कुरामा स्पष्ट धारणा नआएको उनको भनाई छ ।
उनले प्रचण्डलाई एक सक्षम नेता भएको बताए । प्रचण्ड सक्षम नेता हो । बनाउन पनि सक्ने विगार्न पनि सक्ने । उहाँ बनाउनतिर लाग्दा नै राम्रो हुन्छ । बाबुरामबारे मातृकाको टिप्पणी छ उनी पहिले पनि त्यही बुर्जुवा वर्गकै प्रतिनिधिको रुपमा माओवादी पार्टीमा नेता थिए । उनले मुखुण्डो उतारे र त्यही वर्गकै पार्टी बनाउतिर लागे । उनले भने ,‘बाबुरामले जुन वर्गको प्रतिनिधित्व गर्दथे त्यहीँ गए । उनले बाबुरामको अभियानबारे अगाडि भने, पुरानै विचार बोकेर कसरी हुन्छ नयाँ शक्ति । नयाँ विचार मालेमावाद हो, नयाँ शक्ति माओवादी नै हो अरु होइन, हुन पनि सक्दैन ।
माओवादी एकताको लागि बनेको संयोजन समितिसँग मातृकाको गुनासो छ, मधेश आन्दोलनबारे सकारात्मक भइदिनुपर्यो । ‘मधेशी जनताको भावनाको संवोधन नगरी कसरी गर्ने एकता, १२ बुँदेमा पनि मधेशबारे केही लेखिएन ।’
उनले आफू कहिल्यै भारतको दलाल नबन्ने बताए । उनले भने, मातृका मर्न तयार छ तर कसैको दलाल बन्दैन । उनले अगाडि थपे, म भारतीय दुतावसमा त जान्छु तर राष्ट्रघात गर्न सक्दीन । मधेशी जनताको प्षमा पहाडेहरुले नकारात्मक धारणा बनाइदिएको उनको आरोप छ ।
अहिलेको मधेश आन्दोलनको नेतृत्वप्रति मधेशी जनताको विश्वास छैन ।
उनले मधेशमा नाकावन्दी देखि अहिले सिंहदरबार घेराउसम्म भएका आन्दोलनहरुको नेर्तव सहि व्यक्तिले गर्न नसकेको बताए ।
मातृकाले आफू माओवादी एकताको पक्षपाती भएको बताए । उनले भने, म छलफलमै छु, एकता प्रक्रियाबाट बाहिरीएको छैन । उनले एकताको मञ्चमा समेत एकताको संभावना हरेको बताए, मञ्चमा बोल्दै गर्दापनि हुनसक्छ एकता ।
प्रचण्ड वास्तवमै नेता हो जसले बनाउन पनि सक्छ विगार्न पनि सक्छ , क्षमतावान नेता हो ।
मातृकाले मोहन बैद्य किरण एकतामा आउनैपर्ने व्यक्तित्व भएको बताए । उनले किरणले केही अपमानीत महशुस गरेकाले ततकाल एकता नभएको उल्लेख गरे । उनले भने, उहाँले अपमानित महशुस गरेकाले एकता नभएको हो । केही बैठकहरु किरण विना नै गरियो, अपमान गरिनुहुन्नथ्यो ।
यादवले आफूले पार्टी फुटाएर अलग भएको सात वर्षको समिक्षा गर्दै केही गर्न नसकिएको स्वीकारे । उनले भने, मैले जे भनेको थिएँ त्यो पुष्टि भयो तर मैले जे गर्छूृ भनेर अलग भएको थिएँ त्यो गर्न सकिन । त्यही भएर हामी सबै एक ठाउँमा आउनुपर्छ भनेर नै आफूले एकताको पहल गरेको उनले बताए ।
एकतापछि पार्टीको नाम नेकपा(माओवादी) नाम रहने चर्चाबारे उनले भने, पार्टीको नाम नेकपा माओवादी राख्न त मैले नदिएसम्म त कानुनी रुपले मिल्दैन ।