संसद्को नियमावलीमा परेको संसोधन प्रस्तावलाई प्रक्रियामा लैजाने
काठमाडौं,४ जेठ ।
ब्यवस्थापिका संसदले संसद्को नियमावलीमा परेको संसोधन प्रस्तावलाई प्रक्रियामा लैजाने भएको छ ।
संसोधनका लागि सत्ताधारी र विपक्षी दलले फरकफरक प्रस्ताव दर्ता गरेका छन् । नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले लगायतका १२ सत्तारुढ दलले संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय हुनुपर्ने संशोधन प्रस्ताव संयुक्त रुपमा दर्ता गराएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने समिति ७५ सदस्यीय बनाउन प्रस्ताव गरेको छ । हिजो दर्ता भएका ६ ओटा संसोधन प्रस्तावलाई प्रक्रियामा लगिने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँईकेलले जानकारी दिए। आज संसद सचिवालयले छलफल गर्ने र दलहरुसँग छलफल गरेर प्रक्रिया अगाडी बढाउने पनि कुँइकेलले बताउनुभयो ।
सभामुख ओनसरी घर्ती भने अस्वस्थ छिन । संविधानमा संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय हुने उल्लेख भएपछि सत्तारुढ दलहरुले कांग्रेसमाथि संविधानको कार्यान्वयन गर्न नमानेको आरोप लगाउँदै आएका छन् ।
