चट्याङ लागेर दुईको मृत्यु, एक घाइते
काठमाडौँ, ३ जेठ ।
चट्याङ लागेर तनहुँको काँहुशिवपुर गाविसमा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
काँहुशिवपुर –७ का खेमराज रानाको घरमा चट्याङ पर्दा उहाँकी २० वर्षकी छोरी मौसमी रानाको ज्यान गएको र अर्की छोरी १८ वर्षकी गुलापी राना घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै काँहुशिवपुर–५ मा चट्याङ पर्दा घरमा बसिरहेकी ५५ वर्षकी यानीमाया थापाको ज्यान गएको छ ।
चट्याङ लागेर घाइते भएका तीनै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याउने क्रममा दुईजनाको बाटोमा ज्यान गएको भएको प्रहरीले जनाएको छ । घाइते गुलापी रानालाई थप उपचारका लागि सेवा अस्पताल पोखरा पठाइएको छ ।
