किन आएनन् वैैद्य एकतामा ?
अझै एकता हुन बाँकी माओवादीहरू एकजुट नभएसम्म अन्तिमसम्म पनि बिरोधीहरूले माओवादीहरू उभो लाग्न दिने छैनन् ।
अन्ततः बिभाजन भएको ४ बर्षपछि माओवादीहरूबीच पुनः एकता हुँदैछ । यो माओवादी एकता चाहानेहरूका लागि खुसीको कुरा हो । माओवादी बिभाजित भएपछि उनीहरूलाई परेको समस्या सबैभन्दा बढी प्र्रचण्ड र मोहन वैैद्य किरणलाई राम्ररी महशुस भएको हुनुपर्दछ । माओवादीहरू बिभाजीत हुँदा बिरोधीहरू खुुसीले रमाएका थिए । उनीहरूले माओवादीलाई पेलेरै जानुपर्छ भन्ने सोचाई अहिले पनि छाडेका छैनन् । शान्तिप्र्रक्रियाको अन्तराष्ट्रिय मान्यता बिपरीत माओेवादी समर्थक जनता, कार्यकर्ता र नेताहरूलाई द्वन्द्वकालीन मुद्दामा फसाएर जेल कोच्ने चाहाना माओवादी विरोेधीहरूको अहिले पनि छ । अझै एकता हुन बाँकी माओवादीहरू एकजुट नभएसम्म अन्तिमसम्म पनि बिरोधीहरूले माओवादीहरू उभो लाग्न दिने छैनन् । यो कुरालाई जसरी एमाओवादी नेतृत्वले बुझेको छ, त्यसरी नै ४ वर्ष अघि अर्र्थात् २०६९ असार ५ गते माओवादीलाई विभाजन गरेर नयाँ माओवादी पार्टी गठन गरेका मोेहन वैैद्य किरणले पनि बुझेको हुनुुपर्दछ ।
यतिबेला माओवादी एकताको कुुरा गरिरहँदा यसको पहलकर्र्ता अर्थात् मोेहन वैैद्य किरणको कुुरा उठ््नु स्वभाविक हो । उनले पार्टी एकताकोे लागि प्रारम्भमा जुन पहल गरे, त्योे सह्रानीय थियोे । उनले नै पार्टी एकताका लागि एमाओवादी अध्यक्ष प्र्रचण्डसँग कुरा गर्न आफ्ना निकट्वर्ती नेता रामबहादुर थापा बादललाई जिम्मा दिएका थिए । जब बादलले पार्टी एकताको कुरा गर्दै यो प्रक्रिया निष्कर्र्षमा पु¥याउँदै गए, वैैद्य बिस्तारै सिद्धान्तनिष्ट एकताको कुरा गरेर एकताबाट टाढिदै गए ।
पार्र्टी बिभाजनपछि बैैद्यले फूटको औैचित्य पुष्टी गर्न सकेका थिएनन्, जसका कारण उनीबाट विप्लव नेतृत्वमा अर्कोे माओेवादीको गठन भईसकेको थियो । यो कुराले वैैद्य लाई कि त बिप्लबको बाटो समात्नु पर्ने हुन्थ्यो, कि प्र्रचण्डको । यो बुझेरैै बैैद्यले माओवादीहरूबीच एकीकरण हुुनुपर्छ भन्ने मान्यता अघि सारेका हुन् अर्र्थात् प्र्रचण्डले भन्दै आईरहेको माओवादी एकताको कुरामा साथ दिएका हुन् ।
पार्र्टी बिभाजनपछि बैैद्यले फूटको औैचित्य पुष्टी गर्न सकेका थिएनन्, जसका कारण उनीबाट विप्लव नेतृत्वमा अर्कोे माओेवादीको गठन भईसकेको थियो । यो कुराले वैैद्य लाई कि त बिप्लबको बाटो समात्नु पर्ने हुन्थ्यो, कि प्र्रचण्डको । यो बुझेरैै बैैद्यले माओवादीहरूबीच एकीकरण हुुनुपर्छ भन्ने मान्यता अघि सारेका हुन् अर्र्थात् प्र्रचण्डले भन्दै आईरहेको माओवादी एकताको कुरामा साथ दिएका हुन् । उनका निकटवर्र्तीहरूबाट पनि यो कुरा बुझ्न सकिन्छ । तर एकतापछि आफ््नोे भूमिका के हुुने भन्नेमा उनकोे चिन्ता थियो । उनी एकतापछि पार्टीको प्र्रमुख भूूमिकामा रहन चाहान्थे अर्थात्् एकतापछि निर्माण हुुने पार्टीकोे अध्यक्ष बन्न चाहान्थे । उनको भित्री चाहाना यस्तो भएपनि एकताबारे हुने छलफल र बहसमा दृृढताका साथ यो कुरा उठाउन सकेनन् । जसले गर्दा उनी पार्टी बिभाजनपछि पाएको महत्वपूूर्ण पद अर्थात् अध्यक्ष पद एमाओवादीसँग एकता गरेर गुमाउन चाहान्नथे । एमाओवादी अध्यक्ष प्रचण्डसँग एकता गरे आफुलाई अध्यक्ष पद चाहियो भन्ने उनी सामु नैैतिक बल पनि थिएन, जसले गर्दा उनी अध्यक्ष पदको खसखस्याईले एकताबाट टाढिदै गएको उनी निकट श्रोत बताउँछ ।
आफ्नै पार्टी र एमाओवादीबीच जब पार्टी एकता गर्ने कुरा जतिजति बाक्लिदै गयो, बैैद्यले अन्ततः आफुु एकतापछि अध्यक्ष पदमा नपुग्ने निश्चित भएपछि सिद्धान्तनिष्ट एकताको कुरा गर्र्न थाले । उनले नेपालमा जनबादी क्रान्ति नभएको भन्दै यसलार्ई आफ्नोे पार्टी एकताको एकमात्र सुुत्र भएकोे अभिव्यक्ति दिन थाले । त्यसो गर्र्दा एकता गर्र्नुपर्र्छ भन्ने पार्र्टीभित्र निर्माण भईसकेको जनमत आफुुमैै रहन्छ भन्नेमा वैैद्य थिए । तर पार्टीभित्र एकता गर्ने मत बलियो हुँदै गयो । पार्टी बिभाजनले वाक्क र दिक्क भईसकेका जनता र माओवादी कार्यकर्ताको चाहाना एकता नैै होेस भन्ने थियो । यो कुरा बादलले गहिरोे महशुस गरे । जब बादलले बैैठकमा एकताकोे कुरा अन्तिम चरणमा पुगेकोे बताए, तब वैैद्यले सिद्धान्तनिष्ट एकताको कुरा उठाउँदै एकता तत्काल नगर्ने मनसाय व्यक्त गर्र्न थाले । त्यतिबेलासम्म वैैद्यको कुुरा पछि परिसकेकोे थियो । यसले गर्दा उनको पार्टी एकता गर्र्नुुपर्ने प्रारम्भिक सोचमा परिबर्तन हुँदै गयोे र उनी एकतामा आउन चाहेनन् ।
अर्कोतिर पार्र्टी एकताको अन्तिम चरणतिर पुुग्दासम्म वैैद्य केन्द्रिय समितिमा अल्पमतमा परिसकेका थिए । बादलले वैैद्यले दिएकोे पार्टी एकताकोे काम फत्ते गर्दै जाँदा बादलको सक्रियता र एकता गर्ने चाहानाप्र्रति बहुुमत केन्द्रिय सदस्य सहमत हुुँदै गए । बहुुमतले एकता गर्र्ने बादलको प्र्रस्तावमा सहमति जनाएपछि वैैद्यले केन्द्रीय समिति बैठक नै स्थगित गरे । यसबाट झन् पार्टीमा जबर्जस्त दुई पक्ष देखा परे । वैद्यले पार्टी फुटबाट बचाउन र समस्याबाट उम्किन त्यस्तो पहल चाले पनि पार्टी एकता प्रक्रियामा जान चाहनेलाई रोक्न सकेनन् , एकताको पहलकर्ता अरु नै बन्ने भएपछि बैद्य लरखराए । र जबर्र्जस्त एकता बिरोेधी बाटोमा हिंड्नुुपर्ने वैैद्यकोे बाध्यता हुन पुुग्यो ।
बैैद्यलार्ई लाग्दैै आईरहेको आरोप नै जड वा सङ्कीर्णको हो । उनी सिद्धान्तमा गतिशील हुनुको सट्टा यथास्थितिमा रहन्छन् । यो उनकै कार्यकर्र्ताहरूको भनार्ई हो । जसले गर्दा वैैद्य लाई इमान्दार माक्र्सवादी सिद्धान्तका गुरु मान्न सकिन्छ । डाइनामिक नेता मान्न सकिदैन भन्ने उनकै कार्यकर्ताको भनाईले गतिशिल बन्न सकेनन् र एकताको बिरोधी बने ।उनका नजिकका केही नेताहरु जो प्र्रचण्ड बिरोधी थिए , उनीहरुले पनि बैद्यलाई एकता गर्न हुन्न भन्नेमा लागे । जसले गर्दा वैैद्यमा एकताबिरोधी मानसिकता विकसीत हुुँदै गयो ।
वैद्यको राजनीतिक इतिहासले के व्यक्त गर्दछ भने उनी फस्ट म्यान होइन सेकेन्ड म्यानका लागि उत्तम मानिस हुन् । त्यसैले एउटा वाक्यमा भन्दा वैद्य एकतापछि फस्ट म्यान हुन चाहान्थे , त्यो अबश्था नहुने भएपछि बैद्य एकतामा आएनन् ।
अन्ततः वैैद्य एकतामा नआउनुको पछाडी सिद्धान्तको नाममा समाजको विकसित अवस्थाको मूल्याङ्कनमा द्वन्द्ववाद होइन अधिभूतवाद, सङ्गठनप्रतिको अरुचि, वर्गसङ्घर्षप्रति होइन वैचारिक सङ्घर्षप्रतिको एकोहोरो प्रेम, अध्ययनशीलताको नाममा जनतासँग होइन पुस्तकमा रमाउने प्रवृत्ति मुख्य देखिन्छन् । वैद्यको राजनीतिक इतिहासले के व्यक्त गर्दछ भने उनी फस्ट म्यान होइन सेकेन्ड म्यानका लागि उत्तम मानिस हुन् । त्यसैले एउटा वाक्यमा भन्दा वैद्य एकतापछि फस्ट म्यान हुन चाहान्थे , त्यो अबश्था नहुने भएपछि बैद्य एकतामा आएनन् । सङ्गठनको नेता अरुलाई बनाएर माओवादी आन्दोलनका लागि बैचारिक प्राधिकार लिनु उनका लागि श्रेयष्कर हुनेछ ।