मधेसी मोर्चाको सिंहदरवार घेराउ ,प्रदर्शनकारी र प्रहरीबीच झडप
काठमाडौं,२ जेठ ।
राजधानी केन्द्रित आन्दोलनमा उत्रेको मधेसी मोर्चाले मुलुकको मूख्य प्रशासकीय केन्द्र सिंहदरवार घेराउ गर्ने क्रममा झडप भएको छ ।
सिंहदरवार घेर्न माइती घर मण्डला र बिजुलीबजार नाकामा केन्द्रित भएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । माइती घर मण्डला क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले लाठीचार्ज गरेको छ । त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनलाई ध्यान दिँदै सरकारले सिंहदरवार क्षेत्रको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । यसअघि शनिबार मोर्चामा आवद्ध दलहरुले राजधानीमा प्रदर्शन र कोण सभा गरेका थिए ।
प्रदर्शनकै कारण सिंहदरबार आसपास क्षेत्रमा गाडी चलाउन रोक लगाइँदा काठमाडौंको ट्राफिक व्यवस्था भने अस्तव्यस्त बनेको छ ।
चक्रपथ हुँदै भित्री बाटो माइतीघर, त्रिपुरेश्वर थापाथली, कालिमाटी कलंकी चल्ने गाडीलाई चक्रपथकै रुटमा फर्काइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।