एमाओवादीको केन्द्रीय समितिको बैठक सम्पन्न , १३ बुँदे साझा अवधारणा परित, जेठ ५ गते माओवादी संयुक्त बैठक, प्रचण्ड नेतृत्वमा एकता समिति गठन
काठमाडौं, १ जेठ ।
एकीकृत नेकपा माओवादीले जेठ ५ गते एकता बैठक गर्ने निर्णय गरेको छ ।
एमाओवादीको केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले माओवादीहरुबीच एकताको लागि १३ बुँदे अवधारणा सहितको विशेष प्रस्ताव पारित गर्दै जेठ ५ गते संयुक्त बैठक गर्ने निर्णय गरेको एमाओवादी सचिव वर्षमान पुन अनन्तले जानकारी दिए । उनले एमाओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा एकता समिति बनाउने निर्णय गरेको पनि बताए ।
माओवादी आन्दोलनबाट आएका र विभिन्न समयमा विभाजित भएका ४ पार्टी र २ अन्य समुहगत रुपमा रहेकाबिच एकता हुँदैछ । प्रचण्ड नेतृत्वको एकिकृत माओवादी, वैद्य नेतृत्वको नेकपा–माओवादीको वैद्य बाहेक बहुमत सदस्य, मात्रिका र मणी थापा नेतृत्वको माओवादी गरी ४ वटा पार्टी हुनेछन् भने एमाओवादीबाटै अलग्गिएर बसेकी पूर्व नेता जयपुरी घर्ती र विप्लव माओवादीका ५ केन्द्रिय सदस्यहरु एकतामा आउँदैछन् .