प्रचण्डले भने-माओवादी एकता अब रोकिन्न, मानवअधिकारवादीले के खोजेको हो ? युद्ध खोजेको हो फेरी ?
किरणले कार्यगत एकता भनेपछि हलमा हुटिंग, / राष्ट्रिय सभागृृह खचाखच, / डा.सुन्दरमणीको प्र्श्न, माओवादी किन फुुटेकोे त, ? / सेना र प्रहरी अधिकारीहरु पनि सहभागि, /शान्तिप्रक्रिया पछिको पहिलो दमदार र ऐतिहासिक भाषण प्रचण्डको, /
काठमाडौं, ३१ बैसाख ।
एकीकृत नेकपा माओेवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुबीचको एकता प्रक्रिया अब कुनै हालतमा पनि नरोकीने बताएका छन् । एमाओवादीबाट विभाजीत पाँच माओवादी दलहरुद्धारा संयुक्त रुपमा आयोजित शान्ति सम्झौता र द्धन्दकालीन मुद्धाहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीहरुबीचको एकता अब इतिहासको आवश्यकता र अपरिहार्यता बनिसकेको बताए ।
मोेहन बैद्य नेतृत्वको माओवादी फुटेर भएपनि एकता हुने चर्चा चलिरहँदा एकता प्रक्रियाले अन्तिम रुप लिन लागेको बताए । उनले भने किरणजि आउन केही समय लाग्ला तर उहाँ अवश्य पनि आउनुुहुन्छ, एकता प्रक्रिया अब कसैको तागतले रोक्न सक्दैन । उनले माओवादी विभाजीत भएको मौका छोपेर कांग्रेस एमाले मात्रै होइन मानवअधिकारवादी र कानुनवीदहरु मओवादीलाई सिध्याउन लागीपरेकोे बताउँदै माओेवादी एक भएर त्यसको प्रतिकार गर्न अपील पनि गरे ।
नेकपा क्रान्न्तिकाररी माओेवादीका अध्यक्ष मोहन बैद्यले एमाओवादीले सरकार छाड्न तयार भए एकता गर्न सकिने भनाई व्यक्त गरेपछि प्रचण्डले उकताको लागि सरकरा बाधक भएको भए सरकार तत्कालै छाड्न एमाओवादी तयार रहेको स्पष्ट पारे । उनले भने ‘यदि सरकार नछाडेकै कारण एकतामा आउन किरणजीलाई समस्या परेको हो भने म यो मञ्चबाटै सरकार छाड्ने घोषणा गर्दछु तर कुरा त्यसो होइन उहाँको विचारको मतभेदकै कारण हो ।’
प्रचण्डले आफुु विरुद्ध देशभर ३७ वटा मुद्धा रहेको जानकारी गराउँदै भने यदि जनयुद्धकालीन मुुद्धा अगाडि बढाउने हो भने सबैभन्दा पहिला मलाई जेल हाल्नुपयो । जनयुद्धका सम्पूूर्ण घटनाको जिम्मा म लिन तयार छु । उनले बाबुरामको नाममा १६ वटा मुद्धा रहेको पनि जानकारी गराए ।
प्रचण्डले शान्ति सम्झौतामा युद्धकालीन घटनाहरुको सम्वन्धमा सत्यनिरुपण तथा मेलमिलाप आयोेगमार्फत हल गरी शान्ति प्रक्रिया पुरा गर्र्ने कुरा गरिएको बताउँदै यदि त्यस भन्दा वाहिर अदालतमार्फत हल गर्न खोजीए देशमा पुुनः द्धन्द हुने चेतावनी दिए ।
उनले मानवअधिकारकर्मी र कानुनविद्हरु डलरको आडमा माओवादी सिध्याउन लागेको भन्दै उनीहरुलाई त्यसो नगर्न चेतावनी दिए । प्रचण्डले चरण प्रसाईको नामै लिएर तपाईहरुरुले के खोजेको हो भनेर प्रश्न गरे । प्रसाईको नेतृत्वमा एमाओवादी र एमालेबीच द्धन्द्धकालीन मुद्धा खारेज गर्ने गरी भएको ९ बुँदे सहमतिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । प्रचण्डले प्रश्न गरे, के तपाईहरुले साँच्चै माओवादी विरुद्ध लड्न खोजेकै हो ? हामीले दश वर्षमा के गर्यौं तपाईहरुलाई थाहै छ । उनले माओवादी जनयुद्ध शुरु गरेदेखिको केही ऐतिहासिक परिघटनाको स्मरण गर्दै होलटाइमर राइफल र पेस्तोल पनि चलाएको बताए ।
किरणले कार्यगत एकता भनेपछि हलमा हुटिंग
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले माओवादीविरुद्ध मुुद्धा लगाईरहने कुराले परिवर्तनको आभाष नभएको बताउँदै त्यस्तोे हो भने माओेवादी एक भएर लड््न तयार भएको बताए । उनले तत्काल माओवादीबीच एकता नभएपनि कार्यगत एकता गर्न सकिन बताएका थिए । उनले माओेवादीबीच कार्यगत एकता गर्न मात्रै गर्न सकिने बताउँदा पुरै हलबाट उनीविरुद्ध हुटिंग भएको थियोा । उनलाइृय हलमा उपस्थितहरुले कार्यगत एकता फिर्ता गरेर एकता भन्न दवाव दिंदै हुटिंग गरेपछि किररणले करिब २ मिनेट मनतव्य नै स्थगित गरेरर स्पष्टिकरण दिएका थिए ।
राष्ट्रिय सभागृृह खचाखच
सार्क सम्मेलनका लागि अत्याधुनिक ढंगले पुननिर्माण गरिएकोे राष्ट्रिय सभागृहको हल पुररै खचाखच भएपछि बाहिर चौर र पार्कपनि माओवादी नेता कार्यकर्ताले ढाकीएको थियो । माओेवादी नेता तथा कार्यकर्ताहरु पार्टी एकताको चर्चा र माओवादी विरद्ध देशव्यापी मुुद्धा लगाउने घटनाको विरुद्ध माओवादी नेताहरुरको धारणा बुझन त्यहाँ आएका थिए ।
शान्तिप्रक्रिया पछिको पहिलो दमदार र ऐतिहासिक भाषण प्रचण्डको
कार्यक्रमका संचालक रहेका पुर्व माओवादी नेता तथा क्रान्तिकारी कम्युनिष्ट केन्द्रका महासचिव मणि थापाले प्रचण्डको संवोधनलाई शाति प्रक्रिया यताकै दमदार र ऐतिहासिक भाषण भएकोे उल्लेख गर्र्दे माओवादीहरुबीचको एकता अब कसैले रोकेर नरोकीने बताएका थिए ।
डा.सुन्दरमणीको प्र्रश्न, माओवादी किन फुुटेकोे त ?
नागरिक अगुवा डा.सुुन्दरमणी दिक्षीतले माओवादी फुटेर कमजोर भएका कारण सत्ताले हेपेको बताउादैैै । जनयुद्धकालिन मुद्धाहरु ब्युताएर माओवादीका नेता कार्यकर्ताहरुलाई जेल पठाउने काम भइरहेको तफ र्सचेत गराएका थिए । उनले भने , ‘ कमजोर भएपछि संसारबाट हेपिन्छ, अव बलियो हुनुस् । ’
‘युद्ध लडेकाहरुलाई जेल हाल्न पाइदैन भनेर हामी सवैले साथ दिएकै हौ तर तपाइँहरू आफै फुटेर कमजोर हुनुभयो यो सब हुनु तपाइँहरुकै कारण हो ।’– उनले भने । जनयुद्धमा ठुलो लगानी गरेका शहिद र वेपत्ता परिवारलार्इ वेवास्ता गर्नु माओवादीहरुको ठूलो कमजोरी भएको भन्दै त्यस्ता कमजोरी सच्याएर सवै माओवादी एकजुट भएर अघि बढे कसैले पनि हेप्न नसक्ने उनले बताए ।
कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा ९माओवादी०का संयोजक मात्रिका यादव, क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापा, देव गुरूङ, नयाँ शक्तिका मुक्ति प्रधान लगायतका नेताहरूको उपस्थिति थियो । कार्यक्रममा उपस्थित माओवादी नेताहरूले द्वन्द्वकालीन मुद्दाहरू ब्युँताएर माओवादी सिध्याउने षड्यन्त्र भइरहेको बताउँदै त्यस्तो गिितििवधि आफूहरुरलाई सैह्य नहुने बताएका थिए ।
सेना र प्रहरी अधिकारीहरु पनि सहभागि
जनयुद्धकालीन मुद्दाका सन्दर्भमा पाँच माओवादीको आयोजनामा भएको कार्यक्रममा माओवादी नेता कार्यकर्ता मात्र उपस्थित थिएनन्, नेपाली सेनाका प्रमुखदेखि सुरक्षाविदहरु सहभागी थए । कार्यक्रममा नेपाली सेनाका महारथी गौरवशम्शेर जबरा, छत्रमानसिंह गुरुङ, पूर्व रथी सुदीप बहादुर शाह, सीबी गुरुङ, विवक शाह, नेपाल प्रहरीका पूर्व आइजीपी ध्रुवबहादुर प्रधान र कुवेरसिंह राना, एआईजी राजेन्द्रबहादुर सिंह, गणेश राई, एसएसपी चुडाबहादुर श्रेष्ठ, सशस्त्र प्रहरीका आईजीपी किशोर लामा, शैलेन्द्र श्रेष्ठ र नारायण पाण्डे उपस्थित थिए । द्वन्द्वकालीन घटनाका सन्दर्भमा वक्ताहरु धारणा राख्दा सेनाका अधिकारीहरु पनि गम्भीर मुद्रामा देखिएका थिए ।