ट्रकले सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा दुई जना प्रहरी घाइते
डोटी, ३१ वैशाख ।
डोटीको बुडरमा ट्रकले सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा दुई जना प्रहरी घाइते भएका छन् ।
ना ६ ख २८३० नम्बरको ट्रकले ना १ झ १४९२ नम्बरको सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा प्रहरी जवान गणेश बोहरा र हवल्दार डाना सिराला घाइते भएका छन् । बुडरमा उपचार सम्भव नभएपछि घाइते दुवैजनालाई कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
