
राज र टेरिसाद्धारा अभिनीत म्युजिक भिडियो सार्बजनिक
काठमाडौं, ३१ वैशाख ।
कामना डिजिटल म्युजिक प्रणालीका प्रबन्ध निर्देशक राज काफ्ले र टेरिसा पौडेलले अभिनय गरेको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
काफ्लेले निर्देशन गरेको ‘म सँगै तिमीले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
अर्घाखाँचीको सन्धिखर्कमा छायांकन गरिएको भिडियोमा राज काफ्ले र मोडल टेरिसा पौडेलले अभिनय गरेका छन् ।
चर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको गीतको गीतकार तथा संगीतकार श्रीकृष्ण बम मल्ल हुन् ।
काफ्ले लामो समयदेखि संगीत व्यवसायीको रुपमा सक्रिय छन् ।उनले म्युजिक भिडियो अभिनय गरेको यो पहिलो पटक हो ।
म्युजिक भिडियो हेर्न तल क्लीक गर्नुहोस्
