यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सगरमाथाको सफल आरोहण. काठमाडौं,३१ वैशाख ।. आज बिहान पनि सगरमाथाको सफल आरोहण भएको छ । बुधबार नौ शेर्पाहरुले चुचुरोसम्म डोरी टाँग्ने बित्तिकै बिहीबार छजनाले सगरमाथा आरोहण गरेका थिए । त्यसको भोलीपल्टै २० जनाभन्दा बढीले आरोहण गरेको खबर आधारशिविरमा प्राप्त भएको छ ।. पर्यटन विभागबाट सम्पर्क अधिकृतको रुपमा सगरमाथा आधारशिविरमा रहेका ज्ञानेन्द्र श्रेष्ठका अनुसार ९: ३० बजे आरोहण भएको खबर प्राप्त भएको हो । आरोहीहरुको पूर्ण विवरण आउन भने समय लाग्ने उनले बताए । धमाधम आरोहण शुरु भएपछि आधारशिविरमा रहेका अन्य आरोही पनि क्याम्प १ तर्फ लागिसकेका छन् ।. यसवर्ष सगरमाथा आरोहणका लागि ३४ समूहका २ सय ८९ सदस्य छन् । त्यसैगरि ल्होत्सेका लागि ११ समूहका ७८ र नुप्चे आरोहण गर्न ८ समूहका ४५ सदस्य छन् । अबको दुई साताभित्र आरोहण सकिनेछ । मौसम र बाटो दुवै अनुकुल भएपछि धमाधम आरोहण हुन थालेको हो । प्राकृतिक विपत्तिका कारण लगातार दुई वर्ष रोकिएको सगरमाथा आरोहण यसवर्ष सफल भएको छ ।.
सगरमाथाको सफल आरोहण
काठमाडौं,३१ वैशाख ।

आज बिहान पनि सगरमाथाको सफल आरोहण भएको छ । बुधबार नौ शेर्पाहरुले चुचुरोसम्म डोरी टाँग्ने बित्तिकै बिहीबार छजनाले सगरमाथा आरोहण गरेका थिए । त्यसको भोलीपल्टै २० जनाभन्दा बढीले आरोहण गरेको खबर आधारशिविरमा प्राप्त भएको छ ।
पर्यटन विभागबाट सम्पर्क अधिकृतको रुपमा सगरमाथा आधारशिविरमा रहेका ज्ञानेन्द्र श्रेष्ठका अनुसार ९: ३० बजे आरोहण भएको खबर प्राप्त भएको हो । आरोहीहरुको पूर्ण विवरण आउन भने समय लाग्ने उनले बताए । धमाधम आरोहण शुरु भएपछि आधारशिविरमा रहेका अन्य आरोही पनि क्याम्प १ तर्फ लागिसकेका छन् ।
यसवर्ष सगरमाथा आरोहणका लागि ३४ समूहका २ सय ८९ सदस्य छन् । त्यसैगरि ल्होत्सेका लागि ११ समूहका ७८ र नुप्चे आरोहण गर्न ८ समूहका ४५ सदस्य छन् । अबको दुई साताभित्र आरोहण सकिनेछ । मौसम र बाटो दुवै अनुकुल भएपछि धमाधम आरोहण हुन थालेको हो । प्राकृतिक विपत्तिका कारण लगातार दुई वर्ष रोकिएको सगरमाथा आरोहण यसवर्ष सफल भएको छ ।