वेपत्ता छानबिन आयोगद्धारा उजुरी संकलन जारी

काठमाडौं,३१ वैशाख ।

bepaTta xanbin aayog

बेपत्ता छानवीन आयोगले उजुरी संकलन गर्ने कार्य जारी राखेको छ । व्यक्ति वेपत्ता छानबिन सम्बन्धी आयोगले एक महिनाको अवधिमा १ हजार ६९ उजुरी संकलन  गरेको छ । वैशाख २ गतेबाट उजुरी संकलन थालेको आयोगले १ हजार ६९ उजुरी संकलन गरेको प्रवक्ता महेश शर्मा पौडेलले जानकारी दिए ।

शान्ति मन्त्रालयको तथ्याङ्क अनुसार द्वन्द्वकालीन समयमा १ हजार ५ सय ३० नागरिक बेपत्ता भएका थिए । उजुरीका लागि आयोगले जेठ मसान्तसम्मको समय दिएको छ । द्धन्द्धकालमा सबैभन्दा बढी बर्दियाबाट १ सय १० जना वेपत्ता पारिएका थिए ।