नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं,३१ वैशाख ।

resize_image

सरकारको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिदै हुनुहुन्छ । विहान १० बजेपछि बस्ने संसद् बैठकमा बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम सकिएपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिका रहेको छ ।

संसदमा  गत २६ गते पेश भएको नीति तथा कार्यक्रममाथि २८ गतेखेखि छलफल सुरु भएको थियो । सो क्रममा प्रमुख प्रतिपक्षी कंग्रेससहित सत्ता गठबन्धनका दलहरुले नै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनदेखि नीति तथा कार्यक्रममा समेटिएका कतिपय दुरगामी महत्वका विषयमा उनीहरुले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि बैठकमा नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्ताव निर्णयार्थ पेश हुनेछन् । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कंग्रेससहित ३ दलको तर्फबाट ४ ओटा संशोधन प्रस्ताव दर्ता भएका छन् । संशोधन प्रस्तावमाथिको निर्णय पश्चात आजै नीति तथा कार्यक्रम पारित हुने संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममा आधारित भएर सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनेछ ।