यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
आइपिएल क्रिकेट -दिल्ली डेयरडेभिल्सद्धारा सनराइजर्स हैदरबाद पराजित. काठमाडौं,३१ वैशाख ।. इन्डियन प्रिमिएर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहिबार राती भएको खेलमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदरबादलाई ७ विकेटले पराजित गरेको छ ।. हैदरबादले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १८.१ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो । दिल्लीका लागि डी ककले ४४, स्याम्सनले ३४ नट आउट र रिशभ पन्तले ३९ रन नट आउट बनाएका थिए ।. यस अघि टस हारेर पहिला ब्याटिंग गर्न आएको हैदरबादले २० ओभरमा ८ विएक्त गुमाउदै १४६ रन मात्र बनाएको थियो । हैदराबादका लागि डेभिड वार्नरले ४६, शिखर धवनले ३४ र विलियाम्सनले २७ रन बनाएका थिए भने दिल्लीका बलर मिश्र र कल्टर लिनले २,२ विकेट, यादव, सामी र मोरिसले १,१ विकेट लिएका थिए ।. जितसंगै दिल्ली १० खेलमा १२ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने हैदराबाद ११ खेलमा १४ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।.
आइपिएल क्रिकेट -दिल्ली डेयरडेभिल्सद्धारा सनराइजर्स हैदरबाद पराजित
काठमाडौं,३१ वैशाख ।
इन्डियन प्रिमिएर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहिबार राती भएको खेलमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदरबादलाई ७ विकेटले पराजित गरेको छ ।
हैदरबादले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १८.१ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो । दिल्लीका लागि डी ककले ४४, स्याम्सनले ३४ नट आउट र रिशभ पन्तले ३९ रन नट आउट बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गर्न आएको हैदरबादले २० ओभरमा ८ विएक्त गुमाउदै १४६ रन मात्र बनाएको थियो । हैदराबादका लागि डेभिड वार्नरले ४६, शिखर धवनले ३४ र विलियाम्सनले २७ रन बनाएका थिए भने दिल्लीका बलर मिश्र र कल्टर लिनले २,२ विकेट, यादव, सामी र मोरिसले १,१ विकेट लिएका थिए ।
जितसंगै दिल्ली १० खेलमा १२ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने हैदराबाद ११ खेलमा १४ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।