कोक फ्याक्ट्रीले अत्याधिक पानी तान्दा भरतपुर बन्दैछ मरुभुमि, स्थानियको विरोध र धर्ना

cokeकाठमाडौं, ३० बैसाख ।
बहुराष्ट्रिय कम्पनी कोका–कोलाले भरतपुर गोन्द्राङ्गस्थित उद्योगमा मापदण्डविपरित जमीनमुनिबाट अत्याधिक पानी तान्दा त्यस क्षेत्र मरुभुमिमा परिणत हुने खतरा बढेको छ । भरतपुर उप महानगरपालिकास्थित उक्त उद्योग परिसरमा नियम विपरित ४ वटा डिप वेलमार्फत पानी तान्न सुरु गरेपछि त्यस क्षेत्र आसपास रहेका घरहरुमा खनिएका इनार र धाराहरुमा पानी आउन छाडेको छ भने नजिकै रहेको पर्यटकीय स्थल राइनो ताल पनि करिब करिब पुरै सुकीसकेको छ ।
उद्योगको मनोमानिका कारण आफ्ना धारामा पानी नआएको तथा खानेपानीको समेत अभाव भएको भन्दै स्थानिय वासिन्दाहरु उक्त कार्यको विरुद्ध संगठीत रुपमै उत्रिएका छन् ।
उनीहरुले गत हप्तादेखि उद्योगको गेटमा धर्ना दिएर विरोध प्रदर्शन गरिरहेका छन् ।
उद्योगले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको भन्दै स्थानिय वासिनदाको कुरा नसुनेपछि उनीहरु जिल्ला प्रशासन कार्यालयमा समेत उक्त कार्य बन्द गर्न माग गर्दै पुगिसकेका छन् ।

coca 4

coca press coca press 2
जिल्ला प्रशासन कार्यालयले भने आफूरुलाई गुमराहमा राखेर अनुमति लिएको भन्दै स्थानिय वासिन्दाको पक्षमा आफूरुले कार्वाही अगाडि वढाउने बताएको छ ।
संविधानमै कुनैपनि प्राकृतिक श्रोतको दिर्घकालीन उपयोगको प्रमूख अधिकार स्थानियवासीलाई हुने उल्लेख गरिएको सन्दर्भमा बहुराष्ट्रिय कम्पनीले स्थानिय वासिन्दालाई काकाकूल बनाउनेगरी गरेको गतिविधिको चितवनबासीले विरोध गरेका छन् ।
उनीहरुले कोक उद्योगले आफूलाई काकाकूल बनाउने कार्य तत्काल बन्द नगरे अदालत र आन्दोलनको विकल्प नभएको बताएका छन् । त्यसैगरी बातावरण मन्त्रालयले पनि राइनो ताल सुक्ने गरी र स्थानिय वासिन्दाको खानेपानी नै सुक्नेगरी कोक उद्योगले पानी तान्ने कार्य गर्नु मनासिब नहुने भएको बताएका छन् । मन्त्रालयका सचिव ओलीले उक्त कार्यको अनुगमन गरी आवश्यक कार्वाही गर्न आफूहरु तयार रहेको बताएका छन् ।