यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
ल्हारक्याल लामाबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता. ल्हारक्याल लामाबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता. काठमाडौं,३० वैशाख ।. एकिकृत माओवादीका सांसद ल्हारक्याल लामालाई अख्तियारले ९ करोड विगो र त्यति नै जरिवाना सहित कानुन बमोजिम कैदसजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनको सम्पत्तिमाथि छानबिन गरिरहेको थियो ।. सम्पत्ति विवरणमा आफ्नो कमाइ २० करोड बराबर रहेको उल्लेख गरेका ल्यारकालसंग २९ करोड ७८ लाख १४ हजार रुपैँया रहेको अख्तियारले जनाएको छ।. ‘निजले पेश गरेको सम्पत्ति विवरण समेतबाट निजको आयआर्जन २० करोड ३४ लाख,४१ हजार ८२१ रहेकोमा निजले घर निर्माण, जग्गा खरिद, सेयर खरिद,सवारी साधन खरिद, ऋण सापटी साँवा व्याज भुक्तानी, घरायसी सामान खरिद, नगद मौज्दात, बैंक मौज्दात समेत गरी खर्च तथा लगानी गरेको रकम २९ करोड ७९ लाख १४ हजार देखिएको’ अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।. अख्तियारले अनुसन्धानकै क्रममा केही समय अघि उनको दरबारमार्गमा रहेको इन्भेष्टमेन्ट बैंकको शाखामा रहेको लकरबाट १४ थान गोली भेटिएको भन्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो। बैंकमा गएर लकर खोल्दा सुनचाँदी राख्ने स्थानमा १४ थान गोली भेटिएको थियो।.
ल्हारक्याल लामाबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं,३० वैशाख ।
एकिकृत माओवादीका सांसद ल्हारक्याल लामालाई अख्तियारले ९ करोड विगो र त्यति नै जरिवाना सहित कानुन बमोजिम कैदसजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनको सम्पत्तिमाथि छानबिन गरिरहेको थियो ।
सम्पत्ति विवरणमा आफ्नो कमाइ २० करोड बराबर रहेको उल्लेख गरेका ल्यारकालसंग २९ करोड ७८ लाख १४ हजार रुपैँया रहेको अख्तियारले जनाएको छ।
‘निजले पेश गरेको सम्पत्ति विवरण समेतबाट निजको आयआर्जन २० करोड ३४ लाख ,४१ हजार ८२१ रहेकोमा निजले घर निर्माण, जग्गा खरिद, सेयर खरिद,सवारी साधन खरिद, ऋण सापटी साँवा व्याज भुक्तानी, घरायसी सामान खरिद, नगद मौज्दात, बैंक मौज्दात समेत गरी खर्च तथा लगानी गरेको रकम २९ करोड ७९ लाख १४ हजार देखिएको’ अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अख्तियारले अनुसन्धानकै क्रममा केही समय अघि उनको दरबारमार्गमा रहेको इन्भेष्टमेन्ट बैंकको शाखामा रहेको लकरबाट १४ थान गोली भेटिएको भन्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो। बैंकमा गएर लकर खोल्दा सुनचाँदी राख्ने स्थानमा १४ थान गोली भेटिएको थियो।